१४ बैशाख २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पौने ३ लाख ठग्ने महिला पक्राउ

५ चैत्र २०८१, मंगलवार १५:०८

सर्लाही | सर्लाही प्रहरीले प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीमा जागिर लगाई दिने भनेर रकम ठगी गरेको आरोपमा प्रहरीले ३२ बर्षीया लक्ष्मी कुमारी महतोलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेको प्रेस नोटमा हरिपूर्वा नगरपालिका वडा नम्वर ५ का २१ बर्षीय शिवमकुमार यादवसँग नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भनेर लालबन्दी नगरपालिका वडा नम्बर १७ बस्ने महतोले ठगी गरेको उल्लेख छ ।

महतोले पटक पटक गरेर दुई लाख ७५ हजार रकम लिएर ठगी गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए ।

उनका अनुसार ठगीमा परेका पीडित शिवमका दाइ सिपिन्द्र प्रसाद यादवले ठगी तथा आपराधिक विश्वासघात शिर्षकमा दिएको जाहेरीका आधारमा गत आइतवार लक्ष्मीकुमारी महतोलाई पक्राउ गरिएको हो ।

सर्लाही जिल्ला अदलातबाट पाँच दिनको म्याद थप गराएर हिरासतमा राखि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीसम्बन्धी पूर्वसूचना दिन तालगाउँमा साइरन जडान राप्रपा अध्यक्ष लिङ्देनको भनाइ ‘रेकर्ड’बाट हटाउन माग अहिले मुलुकमा भ्रष्टाचार चरमचुलीमा पुगेको : चित्रबहादुर केसी प्रतिनिधिसभाः ‘बजेट परम्परागत र वितरणमुखी हुनुहुँदैन’ नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयमा संसदीय समितिको सुझाव प्रहरीसँग झडप भएपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक बोलाए आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रलाइ आज पनि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइदै कास्की र लमजुङका पर्यटकीयस्थलको प्रवर्द्धन गरिँदै पाँच अर्बभन्दा बढी बजेट फिर्ता, ऊर्जा मन्त्रालय र एमसिए नेपालको सबैभन्दा बढी सांसद लिङ्देनले सदनमा माफी माग्नुपर्ने प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण इरानको विशाल बन्दरगाहमा विस्फोट, १८ जनाको मृत्यु, आगलागी जारी भारत र पाकिस्तानी सेनाबीच काश्मीरमा गोली हानाहान ससुराको हत्या गरी फरार रहेका एकजना २० वर्षपछि पक्राउ महाकाली चार लेन पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित मातातीर्थमा बिहानैदेखि दर्शन गर्ने भक्तजनको घुइँचो लालपुर्जा पाएपछि धार्चेका भूमिहीन दलित परिवार खुसी कृषि औजार कारखाना : ३२ महिनामा १६ थरिका औजार विकास मध्यपहाडी राजमार्गको सुुन्दरेखोलामा ‘आर्क ब्रिज’ निर्माण गरिँदै