Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

व्यवस्थित बन्दै मुस्लिम समुदायको कब्रिस्तान

२०७४, १६ श्रावण सोमबार ०५:१३

साउन १६, पाल्पा । करिब एक सय वर्षअगाडि देखि प्रयोगमा आएको मुस्लिम समुदायको दाहसंस्कार गर्ने कब्रिस्तान अहिले व्यवस्थित बन्दै गएको छ । 

रामपुर नगरपालिका–४ को इस्लामपुरमा रहेको कब्रिस्तानमा अहिले घेराबार गरेपछि व्यवस्थित बनेको हो । करिब ६३ रोपनी क्षेत्रफलमा फैलिएको कब्रिस्तानको ५० रोपनी क्षेत्रफल घेराबार गरेपछि यसको मुहार फेरिँदै गएको छ । 

घेराबार नगर्दासम्म खुल्ला चौरमा छरपस्ट रुपमा शव गाडिने गरिन्थ्यो । खुल्ला चौरमा माटोमुनि गाडिएका शवहरु कुकुर, स्याल, चराचुरुङ्गी लगायतका जनावरले खोतलेर खाने गरेको भेटिन्थ्यो । 

यसले गर्दा यस क्षेत्रको वातावरण दुर्गन्धित बन्न थालेपछि मुस्लिम समुदायले घेराबार गरी व्यवस्थित बनाएका हुन । 

साबिक जिल्ला विकास समितिबाट रु चार लाख, रामपुर नगरपालिकाको रु चार लाख, २०० स्थानीयवासीको जनश्रमदान र ८०० जना मुस्लिम समुदायका सदस्यबाट प्रतिव्यक्ति रु ५०० रकम संकलन गरी कुल रु ३० लाखको लागतमा पक्की घेराबार गरिएको कब्रिस्तानका सल्लाहकार हमिद अलिमियाँले बताउनुभयो । 

आर्थिक अवस्था नाजुक परिवारले माथिबाट माटोले पुरेर गाडेका शव असुरक्षित भएपछि समुदायले नै आर्थिक रकम जुटाएर कब्रिस्तानको चारै दिशा वरिपरि घेराबार गरिएपछि शव सुरक्षित बनेको मुस्लिम समुदायका अगुवा हलिमा खातुनले बताउनुभयो । 

एउटा शव दाह संस्कार गरेको स्थानमा ५० वर्षको अन्तरालमा अर्को शव सोही स्थानमा दाह संस्कार गर्न सकिने कब्रिस्तानका सचिव महम्मद खली बताउनुहुन्छ । 

मुस्लिम समुदायको दाहसंस्कार गर्ने कब्रिस्तानका विषयमा केही समय त्यस क्षेत्रका हिन्दू समुदाय र मुस्लिम समुदायबीच विवाद निस्कँदा पनि कब्रिस्तान व्यवस्थापनमा समस्या परेको थियो । 

दुई वर्षअगाडि सो जग्गाका विषयमा दुवै समुदायबीच समस्या सुल्झिएपछि कब्रिस्तानलाई घेराबार गरेर व्यवस्थित बनाउँदै लगेको अध्यक्ष महम्मद अली बताउनुहुन्छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश