

महोत्सवको पाचौ दिन सम्म सबै भन्दा बढी चौथो दिन र पाचौ दिन बढी टिकट बिक्रि भएको अध्यक्ष खड्काले जानकारी दिनु भयो । मंगलबार सम्म टिकट बिक्रि,सेती नदीमा र्याफ्टीङ,अष्ट्रिज चरा र फोटो प्रदर्शनीबाट ९ लाख ७४ हजार ३ सय साठी रूपैया आम्दानी भएको डोटी उद्योग बाणिज्य संघ प्रेश सल्लाहाकार योगेन्द्र बलायर जानकारी दिनु भयो ।
सेती नदीमा र्याफ्टीङको मजा लिनेहरुको सङ्ख्या दिनानु दिन बढ्दै गएको पे्रश सल्लाहाकार बलाएर जानकारी दिनु भयो । अनुमानित ४० हजार जति दर्शकले अवलोकन गरेको हुन सक्ने डोटी उद्योग बाणिज्य संघले जनाएको छ ।
महोत्सव हेर्न सुदुर पश्चिमका नौ जिल्ला र अन्य जिल्लाबाट समेत अवलोकन गर्न आएका उद्योग बाणिज्य संघका महा सचिव पे्रम भण्डारीले जानकारी दिनु भयो । महोत्सव भित्र १ सय साठि स्टल राखिएका छन् । फागुन २१ गते देखी शुरु भएको महोत्सव ३० गते सम्म रहने जनाएको छ ।




