Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ फाल्गुण २७ गते, राति २:४८ बजे
डोटी - DT

प्रमोदको ‘झुम्कावालीमा’ झुमे दिपायलमा दर्शक

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

pramod kharelप्रकाश बम/फागुन २७, डोटी । शुक्रबारबाट शुरु भएको “सुदुर पश्चिम क्षेत्रीय महोत्सव २०७२”मा बुधबार दिपायलमा दर्शक झुमेका छन् ।

आधुनिक चर्चित गायक प्रमोद खरेलले महोत्सवमा हेर्न आएका हजारौ दर्शकलाई आफ्ना विभिन्न चर्चित गीत गाएर रिझाएका थिए । दर्शकको माहोल बुझेका खरेलले रिझाउनका लागि विभिन्न गीतहरु गाएर दर्शकलाई पटक पटक नचाएका थिए ।

चर्चित गीत गाएर रिझाएका खरेलले पछिल्लो चोटी नयाँ गीत ‘ओइ झुमा झुम्कावाली’ बोलको गीतले दर्शकलाई बेस्सरी झुमाएका थिए । दर्शकले उनलाई ‘वान्स मोर’ भन्दै उफ्रिएका थिए । नयाँ गितलाई दर्शकको हुटिङ तथा मागका आधारमा गाएक खरेलललाई तिन पटक दोहर्याएर गाउन लगाईएको थियो । दर्शकहरु स्वतस्फूर्त उनीसँगै गाए र कम्मर मर्काइमर्काई नाचेर समेत साथ दिएका थिए ।

त्यस्तै चर्चित लोक तथा दोहरी गाएक मिलन लामा, विरता पुन मगर, लोक पप गाएक नविन प्रधान, देउडा गाएक राधा फुलारा, स्थायिय कलाकार निरज विक, लक्ष्मण विष्ट, अम्वीका राई, डान्सर अनुप विष्ट, सुस्मीता तामाङ, मिना नाम्जालि लगाएतका स्थानिय कलाकारको बेजोड प्रस्तूति रहेको थियो ।

त्यस्तै विहिबार चर्चित लोक तथा दोहरी गाएक राम जी खाँण,देउडा गाएक नरेन्द्र राज रेग्मी,टेलिश्रृङ्खलमा चर्चित पाडे शोल्टि,जिग्री बो्र, लोक तथा दोहरी गाएक विरता पुन मगर, चक्र बम लगाएत स्थानियकलाकारको बेजोड प्रस्तुती रहने उद्योग वाणिज्य संघ सदस्य तथा कलाकार संयोजक दिपक खड्काले जानकारी दिनु भयो । फागुन २१ गते देखी शुरु भएको महोत्सव ३० गते सम्म रहने डोटी उद्योग वाणिज्य संघले जनाएको छ ।