2026-09-18 09:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरमा ढुंगाले हिर्काएर एक पुरूषको हत्या

भक्तपुर | भक्तपुरमा एक जना पुरूष मृत भेटिएका छन्।

आइतबार बिहान ५:५५ बजे मध्यपुर ठिमी नगरपालिका-९ बोडे निलबाराहीस्थित पिकनिक स्पटको पार्किङमा एक जना पुरूष मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए।

मृतक खोटाङ केपिलासगढी गाउँपालिका-२ घर भई बोडे बस्ने ६६ वर्षीय ओमप्रकाश राई हुन्। उनी कवाडी सामान टिप्ने काम गर्थे। उनका अनुसार घटना शंकास्पद छ। राईको कानको छेउ र टाउकोमा चोट देखिएको छ।

‘ढुंगाले हिर्काएर हत्या भएको देखिन्छ। घटनास्थल नजिकैबाट रगत लागेको ढुंगा बरामद गरेका छौं,’ डिएसपी नेउपानेले भने। प्रहरीले घटनामा संलग्न कसैलाई पक्राउ गरिसकेको भने छैन।

घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई