2026-07-25 12:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

हाँसेपछि नाचे ‘महोत्सव ’हेर्न आएका दर्शक

pade jigreeप्रकाश बम/फागुन २८, डोटी । बिहिबार “सुदुर पश्चिम क्षेत्रीय महोत्सव २०७२”मा महोत्सव हेर्न आएका दर्शकले पेट मिचि मिचि हाँसेर पनि नाचेका छन् ।

शुरुमा भद्रगोलका चर्चित अर्जुन घिमीरे पाडे ,‘शोल्टि’र जिग्री ब्रोले आफ्ना प्रस्तुती देखाएर महोत्सव हेर्न आएका हजारौ दर्शकलाई निकै हसाएका थिए । समसामयिक बिषय वस्तुमा रहेर व्यग्यात्मक तरीकाले भद्रगोलका टिमले प्रस्तुती देखाएका हुन् । टिभिको पर्दामा देखेका हाँस्य कलाकाहरुलाई प्रतक्ष देख्दा दर्शक निकै खुशि देखिएका थिए ।

त्यस्तै भद्रगोलको टिमले दर्शकलाई हसाए लगत्तै उद्धघोषकले चर्चित लोक तथा दोहरी गाएक राम जि खाँणलाई मञ्चमा बोलाए पछि उनले आफ्ना विभिन्न चर्चित गितबाट मासलाई नचाएका थिए । आफ्ना चर्चित गितबाट मासलाई नै तताएका खाँण मञ्चबाट दर्शक कहाँ जाँदा मास थाम्न धौ धौ परेको थियो ।

दर्शकको माहोल बुझेका खाँणले ‘छल छल पानि गाग्रिमा’, ‘अध्यारोमा लाएको माया कालि छौ कि गोरी’ लगाएतका गित गाउदा स्वतस्फूर्त उनीसँगै गित गाएर कम्मर मर्काइमर्काई नाचेर समेत साथ दिएका थिए । सातौ दिन देउडा गाएक नरेन्द्र राज रेग्मी, चक्र बम, लोक तथा दोहरी गाएक विरता पुन मगर, स्थायिय कलाकार निरज विक, लक्ष्मण विष्ट, अम्वीका राई, डान्सर अनुप विष्ट लगाएतका स्थानिय कलाकारको बेजोड प्रस्तूति रहेको थियो ।

त्यस्तै शुक्रबार चर्चित गाएक राम चन्द्र काफ्ले,जुनु रिजाल, डेउडा गायक दिपेन्द्र प्रसाद दहाल, दोहोरी लोक पूर्ण संगम जेठारा ,स्थानिय देउडा गाएक निर्मला पाली,व्राइ स्टार क्लव धनगढीको न्यृत्य लगाएत स्थानिय कलाकाहरुको बेजोड प्रस्तुती रहने उद्योग वाणिज्य संघका सदस्य तथा साँस्कृतिक संयोजक दिपक खड्काले जानकारी दिनु भयो ।

महोत्सवमा उद्धघोषक लोक तथा दोहरी गाएक रुपा जिएम मगर र ढाकाराम पौडेल रहेका छन् । फागुन २१ गते देखी शुरु भएको महोत्सव ३० गते सम्म रहने डोटी उद्योग वाणिज्य संघले जनाएको छ । बिहिबार सम्म टिकट बिक्रि,सेती नदीमा र्याफ्टीङ, अष्ट्रिज चरा र फोटो प्रदर्शनीबाट १४ लाख २४ हजार ७ सय दश रूपैया आम्दानी भएको डोटी उद्योग बाणिज्य संघ प्रेश सल्लाहाकार योगेन्द्र बलायर जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक