१२ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पीएन क्याम्पसमा अनेरास्ववियुको अग्रता, पछ्याउँदै नेविसंघ र स्वतन्त्र

११ चैत्र २०८१, सोमबार १७:२१

काठमाडौँ | स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा अध्यक्षमा नेकपा (एमाले) निकट अनेरास्ववियुका विष्णु पोखरेलले अग्रता लिएका छन् । सोमबार अपराह्नसम्म ३८६ मतगणना हुँदा पोखरेलले १६१ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष सुशील न्यौपानेले ६८ मत पाएका छन् । स्वतन्त्र उमेदवार विप्लवी न्यौपानेले ५२ पाएकी छन् ।

यस्तै, अखिल (क्रान्तिकारी)का नवीन अधिकारीले ३१ मत पाएका छन् । संयुक्त प्यानलका सन्तोष पौडेलले २४ मत पाउँदा अर्का स्वतन्त्र उमेदवार कमल सुवेदीले १६ मत पाएका छन् । प्राज्ञिक परिषद्‌का दिप्सन गुरुङले ११ मत पाएका छन् ।

सचिवमा पनि अनेरास्ववियुकै अग्रता छ । सचिवमा अनेरास्ववियुका राज दुवाडीले १८२ मत पाएका छन् । यस्तै, नेविसंघमा विवेक भट्टराईले ८३, अखिल क्रान्तिकारीका मिराज थापामगरले ३२ मत पाएका छन् ।

कोषाध्यक्षमा पनि अनेरास्ववियु अग्रस्थानमा छ । अनेरास्ववियुकी सन्दिका गुरुङले १८० मत पाएकी छन् । उनलाई पछ्याइरहेकी नेविसंघकी अमिशा यादवले ८६ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शुक्लागण्डकीमा फोहोर व्यवस्थापन गर्न त्रिपक्षीय सम्झौता केन्यामा महिलामाथि बढ्दो हिंसा : न्याय प्रणालीमाथि प्रश्न उठ्दै काश्मीर आक्रमणपछि भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह प्रतिनिधिसभा बैठक सुरुः वैकल्पिक विकास वित्त परिचालन विधेयक पेस हुँदै भुजी र दरमखोला पुल निर्माणमा लापरबाही ‘दर्शकको गोपनीयताप्रति सजग हुनुपर्छ’ लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण लोकतन्त्रको ऐना हो संसद् सिन्धुपाल्चोकको फुल्पिङ्कोट केन्द्रबिन्दु भएर भूकम्प सगरमाथा संवादमा सहभागी विश्वव्यापी नेतृत्वलाई आग्रह नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको अध्यक्षमा कर्माचार्य प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका अध्यक्ष पोख्रेलको भेटघाट मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे बारपाकीले बिर्सन नसकेका भूकम्प पूर्वप्रमुख सूचना आयुक्त गुरुङको संयोजकत्वमा सूचना आयुक्त समाज गठन प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ : गृहमन्त्री लेखक मोटरसाइकलको ठक्करबाट एकको मृत्यु चालु आवमा सप्तरीमा १३ वटा पुल निर्माण