पर्वत । पाँचौ पर्वत महोत्सवको आयव्यय सार्वजनिक भएको छ । महोत्सव सम्पन्न भएको झण्डै ६ महिनापछि महोत्सव मुल आयोज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पाँचौ पर्वत महोत्सवको आयव्यय सार्वजनिक भएको छ । महोत्सव सम्पन्न भएको झण्डै ६ महिनापछि महोत्सव मुल आयोज"/>
2026-09-19 04:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वत महोत्सवको आयव्यय सार्वजनिक ,खातामा २६ लाख जम्मा

पर्वत । पाँचौ पर्वत महोत्सवको आयव्यय सार्वजनिक भएको छ । महोत्सव सम्पन्न भएको झण्डै ६ महिनापछि महोत्सव मुल आयोजक समिति पर्वत उद्योग बाणिज्य संघले आयव्यय सार्वजनिक गरेको हो । विगतका बर्षमा बर्षदिनसम्म पनि आयव्यय सार्वजनिक नगर्ने परिपाटी भएता पनि यो बर्ष भने चर्को दबाबका कारण ६ महिनामा आयव्यय सार्वजनिक गरिको हो ।


 साझा सवालले लगातार समाचार प्रकाशन गरेर चर्को दबाब दिएपछि मुल आयोजक समिति आयव्यव सार्वजनिक गर्न बाध्य भएको हो । माघ १३ देखि २२ सम्म भएको महोत्सवमा १ करोड १७ लाख ७५ हजार ८ रुपैयाँ आम्दानी भएको र जसमध्येबाट २६ लाख ५८ हजार ९ सय ६२ बैक मौज्दात रहेको महोत्सवका अर्थ संयोजक गोपी अधिकारीले जानकारी दिए ।

महोत्सवबाट उठेको रकम बाट जिल्लामा खेलमैदान बनाउने योजना अनुसार ५२ लाख खेलमैदान निर्माणमा खर्च गरिएको र ४० हजार व्याटमिन्टन मिलन क्लबलाई सहयोग गरीएको आयोजकले जनाएको छ ।


कुल आम्दाीमध्ये ८९ लाख ८३ हजार ५ सय ३३ रुपैंया उठिसकेको र २७ लाख २८ हजार ९ सय ७५ रुपैंया उठ्न बाँकी रहेको पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । त्यस्तै महोत्सव शुरु हुनु अघिदेखि सो अवधिभरमा ५७ लाख ६४ हजार, ५ सय ७१ रुपैंया खर्च भएको जनाएको छ । संघले स्टल निर्माण, मंच व्यवस्थापन, अतिथि सम्मान, कलाकार, पत्रपत्रिका, रेडियो तथा अन्य प्रचारप्रसार, होटल, टिकट, बजार साजसज्जा, विद्युत, जेनेरेटर, स्टेशनरी, बाजागाजा–वाद्यवादन, फूलमाला, साउण्टसिष्टम, सुरक्षा, विभिन्न विद्याका पुरस्कार लगायतकामा सो खर्च भएको महोत्सवको आयव्ययको प्रतिबेदनमा उल्लेख गरीएको छ ।

महोत्सवमा सवैभन्दा बढी खर्च स्टल निर्माण, मञ्च तारबार, गेट निर्माणमा १० लाख ३५ हजार खर्च गरेको देखाएको छ । त्यस्तै कलाकार खर्च तथा व्यवस्थापनमा ९ लाख २० हजार ५ सय रुपैयाँ खर्च गरिएको छ । त्यस्तै मुल ब्यानर फिटिङ, एङ्गल फेमिङ्गमा ८९ हजार खर्च गरिएको छ ।


महोत्सव पर्यटकीय क्षेत्रको प्रवद्र्वन, ऐतिहासिक स्थलहरुको प्रचार प्रसार, जिल्लामा उत्पादित वस्तुहरुको प्रवद्र्धन, लोक संस्कृतिको संरक्षण, स्थानीय उत्पादन उद्योग, व्यापार र व्यवसायको विस्तार गर्दै प्रदेश नं ४ को मुख्य पर्यटकीय नगरी अन्र्तगत कुश्मा बजारलाई पनि स्थापित गर्ने उद्देश्यका साथ संचालन गरिएको महोत्सवको आयव्यय सार्वजनिक भएता पनि रकम भने अझै उठ्न बाँकी छ । तत्तकालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको महोत्सवमा आयोजकले राखेका चार वटा योजनाहरु सरकारबाट कार्यन्वयनको लागि अगाडि बढेको बताइएको छ ।


पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले महोत्सव सवैको साथ र सहयोगका कारणनै सफल भएको बताए । उनले महोत्सवमा केहि कमिकमजोरी भए होलान्, कसैको चित्त पनि दुखाएका हौला त्यसको लागि क्षमा चाहान्छौ भन्दै माफि समेत मागे । उनले विगतका बर्षहरुमा भन्दा यो बर्ष महोत्सव धेरैनै सफल भएको र बैक मौज्दातलाई खर्च नहुने गरी बैकमा राखी जिल्लाका विभिन्न क्षेत्रको विकासमा उल्लेखनीय योगदान पु¥याउनेहरुलाई सम्मान गर्ने योजना समेत बनाउन लागेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा