Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
2026-09-19 04:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जिल्ला समन्वय समिति पर्वतमा एमालेको पुरै प्यानल बिजयी

जिल्ला समन्वय समिति पर्वतको प्रमुखमा एमालेका उम्मेदवार मनोहरबी पौडेल बिजयी हुनुभएको छ ।
मंगलवार भएको निर्वाचनमा पौडेलले ८ मत प्राप्त गरी बिजयी हुनुभएको हो । भने उहाँका निकटतम प्रतिद्धद्वी नेपाली काँग्रेसका उम्मेदवार परशुराम पुरीले ६ मत प्राप्त गरी पराजय हुनुभएको छ । त्यसैगरी उपप्रमुखमा नेकपा एमालेकै यामकुमारी राना बिजयी हुनुभएको छ । उहाँले पनि ८ मत प्राप्त गर्नुभयो भने उपप्रमुखका लागि नेपाली काँग्रेसका उम्मेदवार लालकुमारी सिकेले ६ मत प्राप्त गरी पराजय हुनुभएको छ ।

समन्वय समितिका अन्य सात सदस्य पनि एमालेलेनै जीतेको छ । बिजयी सदस्यहरुमा ज्ञानबहादुर भण्डारी, बिष्णुराम बिक, कबिता बिक, नन्दलाल सुबेदी, ओमप्रसाद रेग्मी, बिष्णुमाया पौडेल, र शर्मिला नेपाली रहेका छन् ।
समन्वय समितिको निर्वाचनमा जिल्लाका सात स्थानिय तहका प्रमुख र उपप्रमुख गरी १४ जना मतदाताले सहभागिता जनाएका थिए । पर्वतमा सात स्थानिय तह मध्ये स्थानिय तहको चुनावमा चार वटामा एमाले बिजयी भएको थियो भने तीन वटा तहमा नेपाली काँग्रेस बिजयी भएको थियो । सो अनुरुप समन्वय समितिको चुनावमा पनि एमालेको पक्षमा ८ र नेपाली काँग्रेसका उम्मेदवारको पक्षमा ६ मत प्राप्त भएका हुन् ।

बिजयी भएका उम्मेदवारहरुको सपथ तथा पदभार ग्रहण समेत आजै सम्पन्न हुने भएको छ ।
निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै समन्वय समितिका संयोजक मनोहर बि पौडेलले समग्र पर्वत जिल्लाको आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रको विकासका लागि आफु निरन्तर क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जिल्लाका सवै स्थानिय तहका साथै प्रदेश र केन्द्रसम्म आफुले आवश्यक समन्वय गर्ने र जिल्लाको समग्र विकासमा सँधै क्रियाशिल रहने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा