पर्वत, साउन १७–कार्यालय सहायकले प्रश्नपत्रमा छल गरेपछि यहाँको एक प्राविधिक शिक्षालयमा सुरु भएको प्रवेश परीक्षा नै स्थगित भएको छ । कुश्मा–११ स्थित पकुवाको बिरेन्द्र प्राविधिक शिक्षालयका कार्यालय सहायक गणेश पौडेलले आफै प्रश्न बनाएर बाहिरि¥याएको पुष्टि भ"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत, साउन १७–कार्यालय सहायकले प्रश्नपत्रमा छल गरेपछि यहाँको एक प्राविधिक शिक्षालयमा सुरु भएको प्रवेश परीक्षा नै स्थगित भएको छ । कुश्मा–११ स्थित पकुवाको बिरेन्द्र प्राविधिक शिक्षालयका कार्यालय सहायक गणेश पौडेलले आफै प्रश्न बनाएर बाहिरि¥याएको पुष्टि भ"/>
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कार्यालय सहायकले प्रश्नपत्र ढाँटेपछि जेटिएको परीक्षा रोकियो

२०७४, १७ श्रावण मंगलवार १४:०६

पर्वत, साउन १७–कार्यालय सहायकले प्रश्नपत्रमा छल गरेपछि यहाँको एक प्राविधिक शिक्षालयमा सुरु भएको प्रवेश परीक्षा नै स्थगित भएको छ । कुश्मा–११ स्थित पकुवाको बिरेन्द्र प्राविधिक शिक्षालयका कार्यालय सहायक गणेश पौडेलले आफै प्रश्न बनाएर बाहिरि¥याएको पुष्टि भएपछि परीक्षा नै स्थगित भएको छ । प्राविधिक शिक्षालयमा (कृषि प्राविधिक) जेटिएको प्रवेश परीक्षा गत मंगलबार तोकिएको थियो ।

परीक्षा लिदै गर्दा कार्यालय सहायकले प्रश्नपत्र बनाउने र आफै आउट गरेको पाएपछि रद्द गरिएको जिल्ला शिक्षा कार्यालयका बिद्यालय निरिक्षक हिमलाल लामिछानेले जानकारी दिए । ‘कार्यालय सहायकले सिटिइभिटिबाटै प्रश्न आएको बताएपछि विश्वास गरेका थियौ तर उता सम्पर्क गर्दा प्रश्नपत्र नै बनाएर नपठाएको खबर आयो’ लामिछानेले भने–‘धाँधली हुन लागेको पाएपछि परीक्षा नै रद्द गरेका छौ ।’ उनले रद्द गरेको परीक्षा भोली (बुधबार)का लागि राखिएको पनि जानकारी दिएका छन् ।

कार्यालयले तोकेको अधिकृत प्रतिनिधिसहित प्राविधिक शिक्षालयका अध्यक्ष र सम्बन्धित बिद्यालयका प्राचार्य गरी तीन सदस्यीय समिति प्रवेश परीक्षाका लागि तोकिने ब्यवस्था रहेको छ । लामिछानेलाई शिक्षाले प्रतिनिधि तोकेर पठाएको हो । उनी त्यसक्षेत्र हेर्ने बिद्यालय निरिक्षक पनि हुन । परीक्षा सुचारु गरेको केही मिनेटमै कार्यालय सहायकबाट नक्कली काम भएको पुष्टि भएपछि आफुले धाँधली रोकेर परीक्षा स्थगित गरेको बताए ।

बिद्यालय निरिक्षक लामिछानेले आफ्नो मुख्य उद्देश्य भनेको प्राविधिक शिक्षालयमा सक्षम ब्यक्ति नै छनौट होस् भन्ने रहेको बताए । ‘धाँधली हुनबाट रोक्ने प्रयास गर्दा नकारात्मक आक्षेप लागेको छ’ उनले भने–‘केही ब्यक्तिले परीक्षा किन रोकिस् भनेर धम्की नै दिएका छन ।’

प्राविधिक शिक्षालयका ब्यवस्थापन समितिका अध्यक्ष रमेशबम मल्लले प्राविधिक शिक्षालयमा ४० जनाको कोटामा एक सय १० जनाको दरखास्त परेको र प्रवेश परीक्षामा कार्यालय सहायकबाटै गलत काम भएको पाएपछि सुचारु भएको परीक्षा पनि स्थगित गरेर बुधबारका लागि राखिएको बताए ।

प्रवेश परीक्षाको प्रश्नपत्र तीन सदस्यीय समिति वा सिटिइभिटीले बनाउने प्रावधान छ । तर, कार्यालय सहायकले प्रश्नपत्र सिलबन्दी भएर सिटिइभिटीबाट आएको दाबी गर्दै परीक्षा सुचारु गराएको शिक्षालयको भनाई छ । मंगलबार शिक्षा कार्यालयको प्रत्यक्ष निगरानीमा तीन सदस्यीय समितिले नयाँ प्रश्नपत्र तयार गरेको छ । स्थगित भएको परीक्षा बुधबार राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली