ललित बोहरा/साउन १८, डडेल्धुरा । डडेल्धुरा जिल्लामा सञ्चालित प्राविधिक तालिम सेन्टर अधिकार क्षेत्र भन्दा बाहीर गएको पाईएको छ ।

सिटिईभिटिबाट तीन महिनाका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/साउन १८, डडेल्धुरा । डडेल्धुरा जिल्लामा सञ्चालित प्राविधिक तालिम सेन्टर अधिकार क्षेत्र भन्दा बाहीर गएको पाईएको छ ।

सिटिईभिटिबाट तीन महिनाका "/>

2026-09-19 09:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका अवैध होटेल म्यानेजमेन्टहरुमा प्रहरीको निगरानी, सिटिईभीटीले थाल्यो छानबिन

ललित बोहरा/साउन १८, डडेल्धुरा । डडेल्धुरा जिल्लामा सञ्चालित प्राविधिक तालिम सेन्टर अधिकार क्षेत्र भन्दा बाहीर गएको पाईएको छ ।

सिटिईभिटिबाट तीन महिनाका लागी मात्र अनुमति पाएका तालीम सेन्टरहरुले १८ महिना सम्म अबैधानीक रुपमा बिधार्थी पढाईरहेकाले ती तालीम सेन्टरहरु सिटिईभिटिको अधिकार क्षेत्र भन्दा बाहीर गएको पाईएको हो ।

 विगत २–३ बर्षदेखि जिल्ला सदरमुकामबाट अवैधानिक तवरले संचालित ट्रेनिङ सेन्टरहरुमा एफसिआई होटेल म्यानेजमेन्ट एण्ड ट्रेनिङ सेन्टर, ग्लोवल इन्सिच्युट अफ होटेल म्यानेजमेन्ट एण्ड ट्रेनिङ सेन्टर र मधुवन इन्सिच्युट अफ होटेल म्यानेजमेन्ट एण्ड ट्रेनिङसेन्टर रहेका छन् ।

यी तालीम सेन्टरहरुले सिटिईभिटीद्धारा सम्बन्धन प्राप्त शैक्षीक सस्था भएको भन्दै बिगत देखि १८ महिने डिप्लोमा कोर्ष पढाउदै आएका छन् । तर यी तालीम सेन्टरहरुले सिटिईभिटीद्धारा तीन महिनाका लागी मात्रै अनुमति लिएको भेट्टिएको हो । यसरी हेर्दा डिप्लोमा कोर्ष भन्दै तालीम सेन्टरहरुले बिधार्थीको जिवनमाथी खेलवाड गरेको पाईएको छ ।

‘डडेल्धुराका तालीम सेन्टरहरुले ३ महिने होटेल मेनेजमेन्टको बिभिन्न शिर्षकमा तालीमका लागी अनुमति पाएकोमा त्यो भन्दा बढी १८ महिना नै डिप्लोमा कोर्ष भनि संचालन गरेको पाईयो सेति प्राविधिक शिक्षालय दिपायल प्रमूख तथा सिटिइभिटिका प्रतिनिधि शालिक राम डाँगीले भने तर सिटिईभिटिले ३ वर्षे कोर्षलाई मात्र डिप्लोमा कोर्ष भनेर परिभाषित गरेको छ ।’

छानबिनको क्रममा तालीम सेन्टरहरुले १८ महिने डिप्लोमा भन्दै सञ्चालन गरेको, सिप परिक्षण नगराइ विद्यार्थीहरुलाई सर्टिफिेकेट दिइएको, बिएचएम गर्न पाइने भन्दै भ्रम फैलाएर विद्यार्थी भर्ना गरिएको पाइएको सेती प्राविधिक शिक्षालय दिपायल प्रमुख तथा सिटिइभिटीका प्रतिनिधि डाँगीले बताएका छन् ।

यसका साथै नेपाल सरकारलाई कर नबुझाएको, संस्थाको लाइसेन्स नविकरण नगरेको, प्रति बिधार्थीबाट मनोमानी ढंगवाट ६५ हजार रकम लिने गरेको भए पनि सिटिईभिटीलाई भने तिन महिनाको २५ हजार मात्रै देखाउने गरेको र सिटिइभिटिबाट सम्बन्धन प्राप्त गरेको संस्था भन्दै मलेसियन लिङ्कन युनिभर्सिटीबाट संचालन गरिएको समेत पाइएको सिटिइभिटी प्रतिनिधि डाँगीले जानकारी दिए ।

 जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा मंगलबार गरिएको छलफलका क्रममा एफसिआईका सञ्चालक अनुपस्थित भएपनि मधुवन र ग्लोबल इन्सिच्युट अफ होटेल म्यानेजमेन्ट एण्ड ट्रेनिङ सेन्टरका संचालकहरुले भने गल्ती महशुस गर्दै आवश्यक प्रक्रिया पुरा गर्ने जनाएका छन् ।

नियम मिच्नेलाई कारवाही गर्ने दायीत्व प्रशासनको भएको बताउदै प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले अवैध रुपमा संचालन भईरहेका तालीम सेन्टरहरुको बिषयमा थप  अनुसन्धान गरी कारवाहीको प्रकृया अगाडी बढाईने बताए । साथै जिल्लाका तीन वटा तालीम सेन्टरहरुलाई दैनिक प्रहरीको निगरानीमा राखिने उनले जानकारी दिए ।

यसअघि गत बिहिबार सेति प्राविधिक शिक्षालय दिपायल प्रमूख तथा सिटिइभिटिका प्रतिनिधि डाँगीको संयोजकत्वमा ६ सदस्यीय अनुगमन टोलीले जिल्लामा गरेको अनुगमनका क्रममा जिल्लामा रहेका ६ वटा प्राविधिक तालिम सेन्टर र शिक्षालयहरु मध्ये २ वटा संस्था मात्रै लामो समय सम्मका लागि बैधानिक रहेको भेट्टाएका थियो ।

 तीन महिने तालिम सेन्टर र १८ महिने प्राविधिक शिक्षालय गरी जिल्लामा सञ्चालित ६ वटा शिक्षालयहरु मध्ये २ वटा संस्थाहरु मात्रै लामो समय सम्मका लागि बैधानिक रहेको भेट्टाएका हो ।

 लामो समय सम्मका लागि सिटिइभिटिबाट सम्बन्धन प्राप्त २ वटा संस्थाहरुमा ह्वाइट पार्क कलेज चिम्रिकोट र शिखर टेक्निकल कलेज तुफानडाँडा रहेका छन् । सम्बन्धन प्राप्त पारामेडिकल कलेज पोखरा भने नियम बिपरित बिद्यार्थी भर्ना गरिएको भन्दै ३ बर्षका सम्मका लागि बन्द गरिएको छ ।

 अहिले जिल्लामा रहेको एफसिआई होटेल म्यानेजमेन्ट एण्ड ट्रेनिङ सेन्टर पनि पुर्ण रुपमा बन्द भईसकेको छ । तर उसले पिडित बिद्यार्थिलाई क्षतिपुर्ती उपलब्ध गराएको जनार्ईएको छ ।

गत मगंलबार मात्रै अखिल क्रान्तीकारीले एक संयुक्त बिज्ञप्ती जारी गर्दै एफसिआई होटेल म्यानेजमेन्ट एण्ड ट्रेनिङ सेन्टरलाई कडा कार्वाहिको माग गर्दै पिडित बिद्यार्थिलाई क्षतिपुर्ती उपलब्ध गराउन जोडदार माग गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई