Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ चैत २५ गते, बिहान १०:२० बजे
डोटी - DT

सुदुरपश्चिमका कृषकहरु हिउँदेबाली भित्राउन व्यस्त

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

प्रकाश बम/चैत २५, डोटी । सुदुरपश्चिमका कृषकहरुलाई हिउदेबाली भित्राउने चटारो परेको छ ।

कृषकहरुलाई हिउदे बाली गहु, मसुरो, मटर, तोरी लगायतका हिउदेबाली भित्राउने चटारो परेको हो । असोज कार्तिकमा छरेको गहु लगायत हिउदे बाली पाकेपछि कृषकहरुलाई बालीहरु भित्राउने चटारो परेको हो ।

कैलाली कंचनपुर लगाएत पहाडी जिल्ला डोटी,डडेल्धुरा अछाम लगाएत सुदुरपश्चिमका बिभिन्न क्षेत्रमा अहिले अधिकांस कृषकहरु खेतवारीमा लगाईएको अन्नबाली भित्राउन ब्यस्त देखिन्छन ।

केहि सयम पहिलेको असिनाले हिउदे बाली गहु, मसुरो, मटर, तोरीमा क्षती पु¥याएपछि उत्पदान घट्ने कृषकहरुले अनुमान गरेका छन ।

कैलाली–कञ्चनपुर सहित पहाडि क्षेत्रमा परिहरको असिना र हावाहुरीले बालीमा क्षति पुर्याएपछि कृषकहरु चिन्तित बनेका हुन ।