२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

नौ जना प्रतिस्पर्धीलाई पछार्दै सोनिया शाह भईन मिस कलेज २०७२

३० चैत्र २०७२, मंगलवार १२:५१

चैत ३०, डोटी । सोनिया शाहले मिस कलेज २०७२ को ताज जितेकी छिन । नौ जना प्रतिस्पर्धीहरुलाई पछाडी पार्दै ऐश्वर्य विद्या निकेतनमा अध्ययनरत शाह विजेता वनेकी हुन ।

म्युजिक ल्याण्ड प्रोडक्सन हाउसको आयोजना भएको सौन्दर्य प्रतियोगितामा कैलाली वहुमुखी क्याम्पसकी वन्धना मानन्धर फस्ट रनर अफ र नाष्ट उच्च माविकी फारी खान सेकेन्ड रनर अफ भईन् ।

विभिन्न विधाहरुमा गरी निर्णायकहरुको मतका आधारमा मिस कलेज २०७२ का विजेताहरु घोषणा गरिएको हो । त्यसैगरी विभिन्न विधाहरुमा समेत विजयी प्रतिस्पर्धीहरुलाई पुरस्कार र ट्रफी दिईएको थियो ।

विजेता शाहले ताज सहित एकको सुर्य ईन्सुरेन्सवाट ईन्सुरेन्सको व्यवस्था, एक वर्षको शैक्षिक छात्रवृति, एक वर्षको लागि सौन्दर्य सुविधा, लघु चलचित्र र भिडीयोमा अभिनय गर्ने अवसर, रेडियो तथा टेलिभिजनमा काम गर्ने अवसर दिने र एक वर्षभित्र आयोजक म्युजिकल्याण्ड प्रोडक्सन हाउसको मातहतमा रहेर विभिन्न कृयाकलापहरु गर्ने पोडक्सन हाउसका प्रवन्ध निर्देशक दिपक विकले जानकारी दिनुभयो ।

विभिन्न क्याम्पसहरुमा अध्ययनरत छात्राहरुको सहभागीता रहेको सौन्दर्य प्रतियोगिताको ताज पहिरिनका लागि १० जना प्रतिस्पर्धीहरुले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिस्पर्धीहरुलाई व्यक्तित्व विकास, क्षमता अभिवृद्धि, सामाजिक संस्कार, नेतृव गर्नका लागि सक्षम वनाउनका लागि तालिमहरु दिएर फाईनल प्रतिस्पर्धा मार्फत विजेताहरुको घोषणा गरिएको आयोजक म्युजिकल्याण्ड प्रोडक्सन हाउसकी कार्यक्रम संयोजक स्मृति भट्टराईले जानकारी दिनुभयो ।

आफ्नो घर टेम्पल रिर्पोटको मुख्य प्रायोजनामा भएको मिस कलेज २०७२ को विजेता घोषणा एक विशेष कार्यक्रमका विचमा गरिएको थियो । आफ्नो घरको प्रागंणमा सागितिक कार्यहरु सहित भव्य र सव्य कार्यक्रमका विच विजेता घोषणा गरिएको थियो ।

विगत आठ वर्षदेखि म्युजिकल्याण्ड प्रोडक्सन हाउसले यसक्षेत्रमा विभिन्न किसिमका ईभेन्टहरु गर्दै आएको छ । क्याम्पस तहमा अध्ययन गर्ने युवतीहरुको लागि यसक्षेत्रमै पहिलो पटक सौन्दर्य प्रतियोगिता गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी