2026-07-24 10:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

नौ जना प्रतिस्पर्धीलाई पछार्दै सोनिया शाह भईन मिस कलेज २०७२

चैत ३०, डोटी । सोनिया शाहले मिस कलेज २०७२ को ताज जितेकी छिन । नौ जना प्रतिस्पर्धीहरुलाई पछाडी पार्दै ऐश्वर्य विद्या निकेतनमा अध्ययनरत शाह विजेता वनेकी हुन ।

म्युजिक ल्याण्ड प्रोडक्सन हाउसको आयोजना भएको सौन्दर्य प्रतियोगितामा कैलाली वहुमुखी क्याम्पसकी वन्धना मानन्धर फस्ट रनर अफ र नाष्ट उच्च माविकी फारी खान सेकेन्ड रनर अफ भईन् ।

विभिन्न विधाहरुमा गरी निर्णायकहरुको मतका आधारमा मिस कलेज २०७२ का विजेताहरु घोषणा गरिएको हो । त्यसैगरी विभिन्न विधाहरुमा समेत विजयी प्रतिस्पर्धीहरुलाई पुरस्कार र ट्रफी दिईएको थियो ।

विजेता शाहले ताज सहित एकको सुर्य ईन्सुरेन्सवाट ईन्सुरेन्सको व्यवस्था, एक वर्षको शैक्षिक छात्रवृति, एक वर्षको लागि सौन्दर्य सुविधा, लघु चलचित्र र भिडीयोमा अभिनय गर्ने अवसर, रेडियो तथा टेलिभिजनमा काम गर्ने अवसर दिने र एक वर्षभित्र आयोजक म्युजिकल्याण्ड प्रोडक्सन हाउसको मातहतमा रहेर विभिन्न कृयाकलापहरु गर्ने पोडक्सन हाउसका प्रवन्ध निर्देशक दिपक विकले जानकारी दिनुभयो ।

विभिन्न क्याम्पसहरुमा अध्ययनरत छात्राहरुको सहभागीता रहेको सौन्दर्य प्रतियोगिताको ताज पहिरिनका लागि १० जना प्रतिस्पर्धीहरुले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिस्पर्धीहरुलाई व्यक्तित्व विकास, क्षमता अभिवृद्धि, सामाजिक संस्कार, नेतृव गर्नका लागि सक्षम वनाउनका लागि तालिमहरु दिएर फाईनल प्रतिस्पर्धा मार्फत विजेताहरुको घोषणा गरिएको आयोजक म्युजिकल्याण्ड प्रोडक्सन हाउसकी कार्यक्रम संयोजक स्मृति भट्टराईले जानकारी दिनुभयो ।

आफ्नो घर टेम्पल रिर्पोटको मुख्य प्रायोजनामा भएको मिस कलेज २०७२ को विजेता घोषणा एक विशेष कार्यक्रमका विचमा गरिएको थियो । आफ्नो घरको प्रागंणमा सागितिक कार्यहरु सहित भव्य र सव्य कार्यक्रमका विच विजेता घोषणा गरिएको थियो ।

विगत आठ वर्षदेखि म्युजिकल्याण्ड प्रोडक्सन हाउसले यसक्षेत्रमा विभिन्न किसिमका ईभेन्टहरु गर्दै आएको छ । क्याम्पस तहमा अध्ययन गर्ने युवतीहरुको लागि यसक्षेत्रमै पहिलो पटक सौन्दर्य प्रतियोगिता गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक