पर्वत । सरकारी कार्यालयमा भएका कामकारवाही,नीति तथा नियमावली प्रशासन गरी नागरिकलाई सुचना प्रदान गर्नको लागि बनाइएको सरकारी कार्यालयका"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । सरकारी कार्यालयमा भएका कामकारवाही,नीति तथा नियमावली प्रशासन गरी नागरिकलाई सुचना प्रदान गर्नको लागि बनाइएको सरकारी कार्यालयका"/>
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अपडेट छैनन् सरकारी कार्यालयका वेभसाइट

२०७४, १९ श्रावण बिहीबार ०६:२६

पर्वत । सरकारी कार्यालयमा भएका कामकारवाही,नीति तथा नियमावली प्रशासन गरी नागरिकलाई सुचना प्रदान गर्नको लागि बनाइएको सरकारी कार्यालयका वेभसाइटहरु खासै अपडेट नहुने गरेको पाइएको छ ।


वार्षिक ४० देखी ५० हजार खर्च गरेर निर्माण गरीएका सरकारी निकायका वेभसाईट अपडेट छैनन् । जिल्ला शिक्षा कार्यालय पर्वतको वेब साईडमा वर्षौदेखी पाल्पाको तथ्यांक रहिरहेको हो । जिल्लाका सरकारी निकायले सम्पादन गरेका काम तथा विभागले पालना गरेको नीति निर्देशन सार्वजनीक गर्न वार्षिक ४० हजार खर्च गरेर वेभ बनाएता पनि खासै अपडेट हुने गरेका छैनन् ।


गत वर्ष जिल्ला शिक्षा कार्यालयले ४० हजार खर्च गरेर निर्माण गरेको साईडको व्यवस्थापन गराउन नसक्दा पर्वत जिल्लाको वेब साईटमा पाल्पा जिल्ला शिक्षा कार्यालयको तथ्याँक भेटिने गरेको छ । जिल्ला शिक्षा अधिकारी रमेश राज पौडेलले जिल्लामा जनशक्ति नभएका कारण विभागलाई वेब साईट अपडेट गर्न नसकेको बताए ।


दक्ष कर्मचारी नभएकै कारण जिल्लामा अधिकांश सरकारी कार्यालयका वेभ पेजहरु खाता खोलेर मात्रै राखिएका जस्ता देखिन्छन् भने कतिपयमा उल्टो र अन्य जिल्लाको जानकारी समेत दिने गरेको पाइन्छ । वेभ पेजहरु लाखौमा निर्माण गरिएता पनि त्यसको सहि सदुपयोग र प्रयोग भने हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली