केही समय यता देखि लगातार रुप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... केही समय यता देखि लगातार रुप"/>
2026-09-18 10:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा सदरमुकाममा टमाटरको अभाव, व्यापारीको मनपरी भाउ

साउन १९, डडेलधुरा | डडेल्धुरामा उत्पादित टमाटर बाह्य जिल्लामा निर्यात हुन थालेपछि जिल्ला सदरमुकाममै टमाटरको अभाव देखिन थालेको छ ।

केही समय यता देखि लगातार रुपमा यस क्षेत्रमा उत्पादित टमाटर तराईका जिल्लाहरु तर्फ निर्यात हुन थालेपछि बजारमा टमाटरको मुल्य आकासिएको हो ।

महङ्गोमा खरिद गरेको बताउदै ब्यापारीहरुले मनपरि रुपमा तरकारीको मुल्य बढाएर बिक्रि गर्न थाले पछि उपभोक्ताहरु निकै मारमा परेका छन । बाह्य जिल्लामा निर्यात गरेपछि ठूलो रकम हातपार्दा यस क्षेत्रका कृषकहरुले डडेल्धुरा जिल्ला बाहिर बिक्रि गर्न थालेका हुन ।

टमाटरको पकेट क्षेत्र बगरकोट, कारीगाँउ, पोखरा लगायतका अन्य ठाँउहरुबाट दैनिक रुपमा सङ्कलन गरेर दर्जनौ तरकारीगाडी तराईका जिल्ला कैलाली कञ्चनपुर पठाउने गरेका छन । दैनिक रुपमा गाँउबाट आउने तरकारी बजारमै पुग्न नदिई बिच बाटोबाटै मुल्य बढाएर टमाटर बिक्रि गरेपछी यस क्षेत्रका उपभोक्ता मारमा परेका हुन । कतिपय ब्यापारीहरुले नै टमाटर नपाएर व्यापारमा समस्या आएको गुनासो समेत गरेका छन ।

जिल्ला सदरमुकाममा अहिले टमाटरको मुल्य प्रति केजी ८० देखि सय रुपैँया सम्म छ । तरकारीको मुल्य दैनिक रुपमा आकासिदै गए पछि ग्राहकले ठुलो मार खेप्न परेको स्थानीय मनोज भट्टले बताएका छन ।

गाँउमा उत्पादित टमाटर बजार नपुगि बिच बाटोबाटै अन्य जिल्ला पठाउने गरेका कारण जिल्लामा तरकारीको दैनिक अभाव समेत हुन थालेको छ । महङ्गो मुल्यमै खरिद गर्ने गरेपनि बजारमा टमाटरको अभाव हुन थालेको हो ।

डडेल्धुराको अमरगढी नगरपालिकाका वडाहरुमा वडा परिषदहरु शुरु ।।

वडा सम्मेलन सम्पन्न स्थानीय स्तरका योजना तर्जुमा गर्न डडेल्धुराको अमरगढी नगरपालिकाका वडाहरुमा वडा परिषदहरु शुरु भएका छन ।

दुई दशक पछि सम्पन्न भएको स्थानीय तहको निर्वाचन पछि डडेल्धुरा जिल्लाका स्थानीय तह अन्र्तगत जिल्लाको अमरगढी नगरपालिकाका ११ वटै वडाहरु मध्ये विहिवार वडा नं. २, ४ र ६ मा वडा सम्मेलन शुरु भएका छन ।

स्थानीय सरकार, हाम्रो सरोकार भन्ने मूल मर्मका साथ शुरु भएको वडा नं.२ को परिषदमा वडाध्यक्ष मनोरथ खडायतको अध्यक्षता र नगर प्रमुख बिश्वेश्वर प्रसाद ओझाको प्रमुख आथित्यतामा उद्घाटन समारोह सम्पन्न भएको हो |

परिषद्मा वडा नं. २ अन्र्तगतका सर्बसाधारण जनताले आफ्ना गाउँ समुदायमा आबश्यक बिभिन्न योजना तथा कार्यक्रमको माग राख्दै नवनिर्वाचित जनप्रतिनिधिलाई सम्बोधन गरि दिन बिशेष आग्रह पनि गरेका छन । संघिय लोकतान्त्रिक संबिधान अनुसार स्थानीय सरकारको रुपमा रहेको स्थानीय तह अनुसार योजना तर्जुमा गर्ने नयाँपन जस्तो देखिने सम्मेलन भएकोले स्थानीयबासीको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई