Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
नवलपुर - NWL

नवलपरासीको दाउन्ने क्षेत्रमा अवरुद्ध राजमार्ग बाह्र घण्टापछि एकतर्फीरुपमा सञ्चालन

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २०, नवलपरासी । पहिरो खस्दा अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने क्षेत्रमा केहीबेरअघिबाट एकतर्फीरुपमा सवारीसाधन सञ्चालनमा आएको छ ।

दाउन्ने पहाडका ठूलाठूला पहिरो सडकमा खसेका कारण गएरातिदेखि अवरुद्ध बनेको राजमार्गको पहिरो हटाएपछि एकतर्फीरुपमा सवारीसाधन सञ्चालनमा आएको प्रहरीले जनाएको छ । अहिले पनि सो क्षेत्रमा पहिरो हटाउने क्रम जारी छ ।

सडक विभागले बाँकी पहिरो हटाएर सडक दुईतर्फीरुपमा सञ्चालन गर्ने तयारीमा भएपनि धेरै स्थानमा पहिरो खसेका कारण समस्या भएको छ ।

दाउन्नेका विभिन्न स्थानमा पहिरो खसेपछि गएरातिदेखि सो क्षेत्रमा सयौँ सवारीसाधन सहित हजारौँ यात्रु अलपत्र परेका थिए । दाउन्नेमा रहेको प्रहरी चौकीदेखि करिब ५० मिटर पश्चिमको भागमा वर्षाका कारण सबैभन्दा ठूलो पहिरो खसेको थियो । रासस