पढ्न करिब 2 मिनेट लाग्छ
<p style="text-align: justify; color: rgb(51, 51, 51); font-family: Georgia, 'Times New Roman', 'Bitstream Charter', Times, serif; font-size: 16px; line-height: 24px;"><strong> बाग्लुङ/</strong>अविरल वर्षापछि आएको पहिरोले ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा शुक्रबार बिहान तीन घर पुरिएर तीन जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर एकै घरका ४ जना वेपत्ता भएका छन् ।</p><p style="text-align: justify; color: rgb(51, 51, 51); font-family: Georgia, 'Times New Roman', 'Bitstream Charter', Times, serif; font-size: 16px; line-height: 24px;">पहिरोले घर बगाउँदा पुरिएर मृत्यु हुनेहरुमा ढोरपाटन नगरपालिका ५ का करिब ५३ बर्षीय प्रकाश कामी, निसीखोला २ का ६५ वर्षीय मनिमान छन्त्याल र निसीखोला १ भुल्दीकी एक वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ । मनिमानसहित ४ जना पहिरोमा पुरिएकोमा अन्यको खोजी भइरहेको र जीवितै उद्धार गर्न सकिने सम्भावना न्युन रहेको उद्धारमा खटिएका ढोरपाटन प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नारायण शर्माले बताए । मनिमान, उनकी श्रीमती ६३ वर्षीया नन्दकली, १८ वर्षीया छोरी गीता र २२ वर्षीया बुहारी विन्दु समेत पहिरोमा पुरिएकोले पहिरो पन्छाउने कार्य भइरहेको उनले जानकारी दिए ।</p><p style="text-align: justify; color: rgb(51, 51, 51); font-family: Georgia, 'Times New Roman', 'Bitstream Charter', Times, serif; font-size: 16px; line-height: 24px;">घरमाथिबाट पहिरो आएर घर पुरिएपछि उनीहरुको मृत्यु भएको हो । ढोरपाटन र निसीखोलामा करिब १ दर्जन घरहरु बगाएकोले उनीहरु छिमेकीको घरमा शरण लिएर बस्नु पर्ने अवस्था रहेको निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए । निसीखोला दोस्रो लघु जलविद्युत् आयोजनाको कुलो समेत बडीगाड खोलाले बगाउँदा उक्त क्षेत्रका करिब १ हजार घरधुरी अन्धकारमा बस्नु पर्ने अवस्था रहेको उनले जानकारी दिए ।</p>

