श्याम थापा/साउन २०, नवलपरासी । लगातार बर्षाको कारणले नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको केही वडाहरु डुबानमा परेको छ । 

"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

श्याम थापा/साउन २०, नवलपरासी । लगातार बर्षाको कारणले नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको केही वडाहरु डुबानमा परेको छ । 

"/>

२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

अबिरल बर्षाका कारण नवलपरासीका दुई गाउँपालिका डुबानमा

२०७४, २० श्रावण शुक्रबार १३:३५


श्याम थापा/साउन २०, नवलपरासी । लगातार बर्षाको कारणले नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको केही वडाहरु डुबानमा परेको छ । 

हिजो परेको अबिरल बर्षाको कारणले डुबानमा परेको हो । डुबानमा सुस्ता गाउँपालिकाको वडा न.१ रुपौलियाको बरुवा र प्रतापपुर गाउँपालिकाको वडा न.३ सेखनुवा र रेवा रेता बिनटोल साथै प्रतापपुर गाउँपालिकाको वडा न. ८ अन्र्तगत फटकिटोला डुबानमा परेको हो । 

डुबान परि सुस्ता गाउँपालिकाको वडा न.१ रुपौलियाको बरुवामा २० घर डुबानमा परेको छ भने प्रतापपुर गाउँपालिकाको रेवामा १५ घर सेखनुवामा २५ घर फटकिटोलामा ४० घर डुबानमा परेको छ । 

डुबान परि स्थानियहरुको खाद्यन्न,लताकपडा,फर्निचर सामग्रीहरु,आवश्यक कागजातहरु पानीले रुझाएर क्षति गरेको छ । डुबानले सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकामा मानविय क्षति नभएको तर भौतिक क्षति भने पुरयाएको छ । 


साथै त्यसैगरि सुस्ता गाउँपालिकाको वडा न. १ रुपौलियाको बरुवामा नव बि.पी पुस्तक पसलको राखेको पुस्तक र कपीहरु पुर्णरुपले क्षति पुगेकोे,सागर ईन्टरप्राईजेजको १ सय ५० बोरा सिमेन्ट रुझेको,महेश एण्ड श्रवण किराना पसल गरि ३ वटा पसलमा क्षति पुरयाएको सुस्ता गाउँपालिकाको वडा न.१ को वडा कार्यालय सचिव रामकृष्ण पाण्डेले बताएका छन । 

आफुहरु डुबानमा पर्नुको कारण नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली सेमरीलाई दोष दिएका छन । दोष दिनुको कारण हाल सम्म नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली सेमरीले खोला सरसफाई गर्ने कार्यहरु नगरेको र खोलामा आउने पानीहरुको निकास पनि नराखेको हुनाले आफुहरु डुबानमा पर्न परेको सुस्ता गाउँपालिकाको स्थानियबासीहरुले आरोप पनि लगाएका छन । 

नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली सेमरीको यस्तै चाला रहि रहने हो भने आफुहरु बर्षेनी यस्तै डुबानको पिडा खेप्नु पर्ने सुस्ता गाउँपालिका वडा न.१ बस्ने गंगाराम गुरौले बताएका छन । 

साथै यो समस्या तथा पिडाको समस्या समाधान गरिदिनको लागी सरोकारवाला निकायहरु संग स्थानियबासीहरुले आग्रह पनि गरेका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ