२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

शिक्षा ऐन संसोधन हुँदै

२०७३, १६ बैशाख बिहीबार १७:१०

shikshaa

प्रकाश बम । बैशाख १६, डोटी । शिक्षा ऐन २०२८ संसोधन हुने महिला बालबालिका, जेष्ठ नागरीक तथा समाज कल्याण समितिका सदस्य बद्रि पाण्डेले बताएका छन् । बालिका शिक्षा तथा लैङ्गिक सम विकास संजाल बिद्यालय लैङ्गिक सम्र्पक विन्दुहरुको बिहिवार सिलगढीमा आयोजित जिल्ला स्तरीय भेला तथा अभिमूखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका पाण्डेले शिक्षा ऐन २०२८ माथि संसोधन गर्न बनेको शिक्षा विधेक २०७३ ले काम गरी रहेको समेत बताए । अब बालशिक्षा देखि कक्षा ८ सम्मलाई आधारभुत शिक्षा र ९ देखि १२ कक्षा सम्मकोलाई माध्यमिक शिक्षा अबधारणा आउने समते पाण्डेले बताए । त्यस्तै अस्थायी शिक्षकको समस्या छिट्टै हल गर्न लागिरहेको उनले बताए । लामो समय देखि अस्थायिमा कार्यरत शिक्षकका लागि सरकारले सहुलियत पुर्ण अवकास दिने गरी शिक्षा ऐनमा संसोधन बिधेक तयार गरीएको छ । सरकारले गोल्डेन ह्यान्डचेक अथवा शिक्षक सेवा आयोगको परिक्षा दुई मध्ये एक रोज्न पाउने निति ल्याएको समेत सदस्य पाण्डेले बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै सभासद तथा प्रारम्भिक बालबिकास समितिका सदस्य गोम कुँवले बिद्यायलमा छात्राका पिडा सामान्य जस्तो देखिए पनि भित्रि पिडा फरक रहेकाले यसमा सबैले गम्भिर हुनु पर्ने बताए । दुर्गम क्षेत्रमा आवासिय बिद्ययालयको खाँचोका साथै समान्तर बजेट प्रणालि हटाईनु पर्ने समते उनले बताए । उक्त कार्यक्रममा बोल्दै क्षेत्रिय शिक्षा उप निर्देशक अनन्त कुमार पौडेलले शैक्षिक व्यस्थापनले महत्वपुर्ण भुमिका खेल्ने बताए । युनिसेफ शिक्षा परीयोजनाका पुरुषोत्तम आचार्यले डोटीमा सुझाव पेटीका आएका सुझावलाई सम्बोधन गर्ने तरीका,निरन्तरता र सुझाव संकलन गर्ने प्रक्रियाका बारेमा स्पष्ठ भएर निर्देशिका तयार गर्दा राम्रो हुने बताए । प्रत्यक बिद्यालयमा शिक्षिका फोकल प्रसन राख्ने कार्यले छात्राहरुलाई सहयोग पुग्ने शिक्षा बिभागका लैङ्गिक सम्र्पक ब्यक्ति वसन्त कोईराले बताए । अहिलेसम्म डोटीका ७१ वटा बिद्यालयमा फोकल प्रसन तोकिएको,५० वटा बिद्यालयमा गुनासो पेटीका राखिएको छ भने ३१ वटा बिद्यालयमा सुझाव पेटीकामा गुनासाहरु आएको जनाएको छ । जिल्लामा १ सय ५४ वटा गुनासा मध्ये शौचालय सम्बन्धि ३२ प्रतिशत त्यस्तै अन्य पठन पाठनमा बिभेद,बिद्यालय टाढा भयो, छात्रा दुव्र्यब्यबाहर, बिद्यालय टाढा, अभिभाबक बिभेद र खेलकुद सम्बन्धि समस्या सुझाव पेटीकामा देखिएको तथ्याङ्क सार्वजनिक गरीएको थियो । सुझाव पेटीमा आएका ७४ प्रतिशत समस्या बिद्यालयले नै समाधान गरेको समेत पाईएको छ । यस कार्यक्रममले बिद्यालयलाई निक्कै टेवा पुगेको राधा कृष्ण उमावि गोपघाटका प्राध्यानाध्यापक अर्जुन बलाएर बताए ।

उक्त कार्यक्रममा जिल्ला शिक्षा अधिकारी बसन्त कुमार खत्रि,महिला तथा वालबालिकाका कार्यलयका महिला बिकास अधिकृत निर्मला दाहाल, क्षेत्रिय अनुगमन तथा सुपरीक्षण कार्यालयका दिपायलका ईन्जिनियर प्रकाश रावल र जिल्ला स्वास्थका कार्यलयका जनस्वास्थ निरीक्षक हरीश शाहले सम्बन्धि बिषयमा शिक्षा,महिला र वालबालिकाको अवस्था, खानेपानि र सरसफाई लगाएत स्वास्थका बारेमा सहभागिहरुलाई जानकारी गराईएको थियो । कार्यक्रममा श्रोत व्यक्ति, महिला शिक्षीका पत्रकार लगाएको सहभागिता रहेको कार्यक्रमको संचालन एजुकेशनल पेजेजका राजेन्द्र उपे्रतिले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ