ताराबहादुर महत । श्रावण २०, दोलखा । चरिकोटमा जुवातास खेलिरहेको अवस्थामा नौ जना जुवाडे पक्राउ परेका छन । गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भिमेश्वर नगरपालिका वडा नम्बर ३ चरिकोट बजारमा रहेको गौरीशंकर बोर्डिङसँगै रहेको चन्द्रबहाद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । श्रावण २०, दोलखा । चरिकोटमा जुवातास खेलिरहेको अवस्थामा नौ जना जुवाडे पक्राउ परेका छन । गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भिमेश्वर नगरपालिका वडा नम्बर ३ चरिकोट बजारमा रहेको गौरीशंकर बोर्डिङसँगै रहेको चन्द्रबहाद"/>
2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा नौ जुवाडे पक्राउ,लाखौं रुपैँया बरामद

ताराबहादुर महत । श्रावण २०, दोलखा । चरिकोटमा जुवातास खेलिरहेको अवस्थामा नौ जना जुवाडे पक्राउ परेका छन । गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भिमेश्वर नगरपालिका वडा नम्बर ३ चरिकोट बजारमा रहेको गौरीशंकर बोर्डिङसँगै रहेको चन्द्रबहादुर भुजेलको घरबाट उनीहरुलाई आज पक्राउ गरेको जनाईएको छ ।

पक्राउ पर्नेहरु भिमेश्वर नगरपालिका वडा नम्बर ३ चरिकोट बजारका गणेश कायस्थ, चन्द्रबहादुर भुजेल, विमलकुमार श्रेष्ठ, इश्वर बस्नेत, प्रकाश श्रेष्ठ रहेका छन । त्यसै गरी भिमेश्वर नगरपालिका वडा नम्बर २ का श्यामकृष्ण बुढाथोकी र तिलकबहादुर थापा, गौरीशंकर गाउँपालिका वडा नम्बर ८ का अर्जुुन श्रेष्ठ र रामेछापको मन्थली नगरपालिका वडा नम्बर १३ का राजकुमार चौहान पनि पक्राउ परेका छन ।

जुवातासको खालबाट प्रहरीले १ लाख २७ हजार ६५ नेपाली रुपैँया र १ हजार ३ सय ६० भारतिय रुपैँया र चार बुक तास बरामद गरेको दोलखाका प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । पक्राउ परेकाहरुमाथि अनुसन्धान भईरहेको उहाँको भनाई छ ।

पछिल्लो समय फरार अभियुक्त पक्राउ, गाँजा तथा घरेलु मदिरा नष्ट, मानव बेचबिखन र जुवतास जस्ता अपराधिक गतिविधि नियन्त्रणमा दोलखा प्रहरीको सक्रियता बढेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई