ताराबहादुर महत । श्रावण २१, दोलखा । राजनितिक आस्थाका आधारमा विभिाजित हुँदा मानव अधिकार उल्लंघनको विरुद्धमा आवाज उठाउन नसकिएको दोलखाका मानव अधिकारकर्मीहरुले स्वीकार गरेका छन ।

एमनेष्टी इन्टरनेशनल नेपाल समुह–३८, दोलखाद्वारा आज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । श्रावण २१, दोलखा । राजनितिक आस्थाका आधारमा विभिाजित हुँदा मानव अधिकार उल्लंघनको विरुद्धमा आवाज उठाउन नसकिएको दोलखाका मानव अधिकारकर्मीहरुले स्वीकार गरेका छन ।

एमनेष्टी इन्टरनेशनल नेपाल समुह–३८, दोलखाद्वारा आज"/>

2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

राजनितिक आस्थामा विभाजित हुँदा काम गर्न सकिएन: मानवअधिकारकर्मी


ताराबहादुर महत । श्रावण २१, दोलखा । राजनितिक आस्थाका आधारमा विभिाजित हुँदा मानव अधिकार उल्लंघनको विरुद्धमा आवाज उठाउन नसकिएको दोलखाका मानव अधिकारकर्मीहरुले स्वीकार गरेका छन ।

एमनेष्टी इन्टरनेशनल नेपाल समुह–३८, दोलखाद्वारा आज चरिकोटमा आयोजित जिल्लाको मानव अधिकारको अवस्था विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्नुहुँदै मानवअधिकारकर्मीहरुले आफूहरुमाथि राजनितिक आवरण लागेकोले राम्रोसँग काम गर्न नसकेको बताएका हुन । कार्यक्रममा बोल्नुहुँदै मानवअधिकारवादी संस्था हुराडेक नेपाल, दोलखाका अध्यक्ष होम पाठकले भन्नुभयो; ‘पहिले द्वन्द्वकालिन समयमा जिल्लाका सवै मानवअधिारकर्मीहरुसँगै मिलेर काम गथ्र्यौ, जब देशमा गणतन्त्र आयो हामी पनि राजनितिक आस्थाका आधारमा विभाजित भयौं र एकले गरेको काम अर्कोले राजनितिक आँखाले हेर्ने संस्कार बस्यो । अब फेरि पनि हामी मिलेर काम गर्नुपर्छ, त्यसको लागि म तयार छु ।’ त्यसैगरी इन्सेक दोलखाका प्रतिनिधि उद्धवप्रसाद पोखरेलले पनि राजनितिक आवरणबाट बाहिर आएर काम गनुपर्ने बताउनु भयो ।

सामुदायिक रेडियो प्रशारक संघ (अको¥याब) नेपालका कोषाध्यक्ष लक्ष्मण खड्काले गत स्थानिय निर्वाचनको प्रसङ्ग उठान गर्नुहुँदै दोलखाका निर्वाचनताका धेरै मानवअधिकार उल्लंघनका घटना भएको र यसबारेमा राजनितिक दलका नेताहरु बेलैमा सचेत नभए नेताहरुकै सुरक्षामा समेत चुनौति देखिएको बताउनुभयो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले मानव अधिकारको सम्मान गर्न सकेमात्र समाजको उन्नति हुने बताउनुभयो । त्यसैगरी उहाँले आफ्नो कार्यालयमा रहेका थुनुवाहरुलाई मानवअधिकारको प्रत्याभुति दिलाउन भरपुर प्रयास गर्ने पतिबद्धता जनाउनु भएको छ ।

एमनेष्टी इन्टरनेशनल नेपाल समुह–३८, दोलखाले आफ्नो आठौं बार्षिक साधारणसभा उद्घाटन कार्यक्रमको सन्दर्भमा जिल्लाको मानव अधिकारको अवस्था विषयक अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको हो । उद्घाटन सत्र एमनेष्टी इन्टरनेशनल नेपाल समुह–३८, दोलखाका कार्यवाहक संयोजक श्याम खतिवडाको अध्यक्षतामा सम्पन्न भएको छ । साधारण सभाको बन्द सत्रले आजै संस्थाको कार्यसमिति पुर्न गठन हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई