2026-09-19 04:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

पाँच रोपनी बढी जमिन क्याम्पसलाई

लोकेन्द्र प्रशाद जोशी | साउन २१, दार्चुला । दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नम्बर १ सल्याडीका स्थानीयले दार्चुला बहुमुखी क्याम्पस खलंगालाई पाँच रोपनीभन्दा बढी जमिन दान गरेका छन् । साविकको छापरी गाविस वडा नम्बर ९ का स्थानीय धामी परिवारले क्याम्पसलाई जग्गा दान गरेका हुन् ।

पते धामीका छोरा र नातीहरुको नाममा रहेको उक्त क्षेत्रमा पते धामीका ८८ वर्षिय छोरा धनराम धामीसहित करनसिह धामीका छोरा रामसिह धामी, विरभानसिह धामीका छोरा मानसिह धामी, सगर सिह धामीका छोरा करनसिह धामी र जिल्ला समन्वय समितिको कार्यालयमा कार्यरत ईन्जिनियर करनसिह धामीको नाममा रहेको जग्गाबाट प्रत्येकले १३ आनाभन्दा बढी जमिन दान स्वरुप क्याम्पसलाइ उपलब्ध गराएका सहायक क्याम्पस प्रमुख धाना धामीले जानकारी दिनुभएको छ ।

त्यसैगरी सोही क्षेत्रमा करनसिह धामीका छोरा कासीसिह धामी र मोहनसिह धामीका छोरा बिरसिह धामीले पनि सोही परिणामको जमिन उपलब्ध गराउने प्रतिबद्धता गरेको सहायक क्याम्पस प्रमुख धामीले बताउँनुभयो ।

क्याम्पससँग आफ्नो जमिन नभएको थाहा पाएपछि आफूहरुले जग्गा उपलब्ध गराएको जग्गादाता रामसिह धामीले बताउनु भयो । आफ्नो क्षेत्रमा उच्च शिक्षाका लागि कार्यक्रम सञ्चालन हुँदा व्यक्तिभन्दा पनि समाजलाई फाइदा पुग्ने भएकाले सबै दाजुभाइसँग सल्लाह गरेर क्याम्पसलाई जग्गा दान गरेको जग्गादाता धनराम धामीका छोरा हरकसिह धामीले बताउनु भएको छ ।

उक्त जग्गा सडक छेऊको जमिन भएकोले क्याम्पसले भौतिक निर्माणदेखि अन्य शैक्षिक कार्यक्रम गर्न समेत सजिलो हुने अर्का जग्गादता तथा ईन्जिनियर करनसिह धामी बताउनुहुन्छ । त्यसैगरी उच्च शिक्षा दिईरहेको क्याम्पसले भोगेको जग्गाको अभाव कम गर्न र आफ्नो समुदायको सम्बन्ध बिस्तार गर्न आफूहरुले जग्गादान गरेको जग्गादाता करनसिह धामीको भनाई छ, भने अर्का जग्गादाता मानसिह धामी क्याम्पसले आफ्ना कार्यक्रमहरु सञ्चालन गर्दा आफ्नो ठाउँमा विकासका नयाँ सम्भावना बढ्ने बताउनुहुन्छ ।

बर्तमान समयमा मानिसहरुमा स्वार्थभाव बढीरहेको बेला दान गर्नु महान धर्म हो भन्ने सोचाइका क्याम्पसलाइ जग्गा उपलब्ध गराउने सबैप्रति आभार प्रकट गरी धन्यवाद दिएको तथा औपचारिक कार्यक्रम गरी जग्गादाताहरुलाई सम्मान गर्ने कार्यक्रम समेत तय गरेको दार्चुला बहुमुखी क्याम्पसका व्यवस्थापन विभाग प्रमुख मदनसिह कार्कीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई