Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मोदी गाउँपालिमा हिंसा न्युनिकरण तालिम शुरु

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पर्वत । महिलाहरु सक्षम नहुदाँ हिंसाका शिकार हुने गरेका छन् । समय सापेक्ष हातमा शिप, दक्षता नभएकै कारण महिलाहरु सामाजिक, आर्थिक, मानसिक, बैद्धिक रुपमा हिंसाको शिकार बन्नुपर्ने बाध्यता छ । विकासोन्मुख देश नेपाल त्यसमा ग्रामिण र विकट क्षेत्रका महिलाहरु अझै पनि विभिन्न प्रकारका हिंसाका शिकार बन्ने गरेका छन् । महिलाहरुलाई आत्मानिर्भरका साथै आर्थिक रुपमा सक्षम बनाउनको लागि  नेपाल सरकारले महिला तथा बालबालिका कार्यालय मार्फत विभिन्न गतिविधिहरु संचालन गर्र्दै आइरहेको छ ।

यसैविच जिल्लाको मोदी गाउँपालिकामा लैङ्गिकतामा आधारीत हिसा न्युनिकरण सम्बन्धी ७ दिने तालिम शुरु भएको छ । बिहिबार देखि शुरु भएको तालिम ७ दिन सम्म जारी रहने छ । जनकल्याण महिला बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड मोदि ६ तिलाहारले आयोजना गरेको तालिमको महिला तथा बालबालिका कार्यलय पर्बतले सहयोग      गरेको छ । लैङ्गिक हिसां अन्त्य गरौ, सभ्य समाजको निमार्ण गरौ भन्ने उदेश्यका साथ शुरु भएको तालिमको बिहिबार मोदी गाउँपालिका उपाध्यक्ष सेति महतले उद्धघाटन गरेकी हुन् । उद्धघाटन कार्यक्रममा बोल्दै उनले महिला हिसाँ न्युनिकरण गर्न पुरुषलाई पनि संगै लैजानु पर्ने बताइन् ।

उनले जसले समाजमा       सकारात्मक परिवतर्नका लागी सहयोग गर्छ, समाजमा सहयोगी र राम्रा पुरुष पनि भएका कारण पुरुषलाई पनि सगै लैजान सके हिसा न्युनिकरण हुने उनको भनाई थियोे । उनले यसका लागी घर समाज बाटै हामी हिसा गर्दैनौ हिसा सहेर बस्दैनौ भनी प्रतिबद्धता हुुनु पर्ने समेत उनले जिकिर गरिन् । कार्यक्रममा बोल्दै वडा नम्बर ६ का वडा अध्यक्ष बिमल लामिछानेले महिला हिसा न्युनिकरण नभए सम्म गाउ समाजको विकास हुन नसक्ने भन्दै हिसा न्युनिकरण रोक्न सबै एक हुनुपर्ने बताए । महिला हिसाँ मानव निर्मित विभेद भएकाले यसको अन्त्य गर्न जरुरी रहेको उनले बताए । उनले आर्थिक रुपमा महिला सक्षम भएमा पनि हिसा सहनु नपर्ने बताए । तालिममा सहभागिहरुले तामिलबाट महिला हिसा न्युनिकरणका लागी आफुहरुले गाउ समाजमा उल्लेख्य भुभिका खेल्न सक्ने विश्वास लिएका छन् । तालिममा जनकल्याण महिला बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आबद्ध शेयर सदस्यहरुको उपस्थिती रहेको छ । जनकल्याण महिला बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड का अध्यक्ष कमला लामिछानेको अध्यक्षतामा सम्पन कार्यक्रमको सञ्चालन सचिब बिष्णु रिमालले गरेकी थिइन ।