2026-07-24 11:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

बर्दिया राष्ट्रिय निकुञ्जबाट रेस्कुका लागि डोटी आएको टोली असफल

प्रकाश बम/ बैशाख २१, डोटी ।

– फेरी पनि चितुवाको आक्रमबाट एम महिला घाईते ।
– अहिले सम्म एक को मृत्यु,३ महिला घाईते ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट रेस्कुका लागि डोटी आएको टोली चितुवालाई पक्रन नसकेपछि सोमबार फिर्ता भएको छ । पहाडी जिल्लामा समात्न सम्भव नहुने भएपछि शुक्रबार आएको टोली सोमबार गएको इलाका प्रहरीकार्यालय दिपायलका प्रमुख भिम बहादु मल्लले जानकारी दिए ।

तिन जनाको टोलीले बिभिन्न तरीका अपानाउदा पनि सफल नभएपछि आफुहरुलाई बोलाएको भन्दै उनि गएको जनाइएको छ ।
सोमबार मात्रै फेरी एक जना महिला चितुवाको आक्रमणमा परेकि छन् । तल्लो घरबाट मल्लो घरजाने क्रममा अमर कोट भन्ने ठाउमा कपल्लेकी–७ बस्ने ५६ वर्षिया अमृता बोगटीमाथि चितुवाले आक्रमण गरेको हो । बाटोमा खोल्चा परेको र त्यहि खोल्चामा चितुवा लुकेर बसेको अवस्थामा आक्रमण गर्दा पछाडीबाट स्थानियले हो हल्ला गरेपछि बाँच्न सफल भएको उनले बताईन् । आक्रमण गर्दा उनको दाहिने खुट्टामा चोट लागेको ईलाका प्रहरी कार्यलयका प्रमुख मल्लले बताए ।

यसअघि पनि नजिकै रहेको कुलपातेमा चितुवाकै आक्रमणबाट एकजना भारतिय नागरिकको मृत्यू भएको थियो भने दुई महिला माथि आक्रमण समेत गरेको थियो । यी चार वटै घटनामा संलग्न एकै चितुवा रहेको स्थानीयले आशंका गरेका छन् ।

यसरी दिनदाहडै चितुवाले मानिस र घरपालुवा जनवारलाई आक्रमण गर्दा स्थानियमा सन्त्रास फैलिएको छ । पछिल्लो केहि दिन यता प्रहरीले रातभर सो स्थानमा गस्ति समेत गर्ने गरेको मल्लले बताए ।

यस बिषयमा प्रमुख जिल्ला अधिकारी केशब प्रशास आचार्यलाई सोध्दा म बाहिर गएको थिए , जिल्ला बन कार्यालयका प्रमुख लगाएत सबै सँग सल्लाह गरेर मात्र जानकारी दिने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक