2026-09-19 06:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा जनताको आवास कार्यक्रममा स्थानिय दलालको यस्तो रजाई

श्याम थापा/साउन २२, नवलपरासी । सहरी बिकास मन्त्रालय अन्र्तगत शहरी बिकास तथा भवन निर्माण बिभाग चितवन द्धारा जनताको आवास कार्यक्रम नवलपरासी जिल्लामा सञ्चालन भएको छ । 

दलित अतिबिपन्न बर्गका लागी भनेर आएको जनता आवास कार्याक्रमको भवन निर्माण कार्यहरुमा स्थानिय दलालहरुको रजाई भैरहेको छ । गरिबको नाममा आएको आवास मैले पारि दिएको हो भन्दै प्रत्येक ब्यक्तिसंग रु.१० हजारका दरले रकम स्थानिय दलालले उठाउने गरेका छन । 

सो कार्याक्रम नवलपरासीको सुस्ता गाउँपालिकाको वडा न.१,२ र ५ मा रहेको छ भने प्रतापपुर गाउँपालिकाको वडा न.६,८ मा पनि रहेको छ । सुस्ता गाउँपालिकाको वडा न.१ रुपौलियामा ५४ घर जनताको आवास कार्यक्रमबाट परेको छ । 

त्यसैगरि सुस्ता गाउँपालिकाको वडा न.५ मा ७७ घर र प्रतापपुर गाउँपालिकाको वडा न.६ र ८ गरि ६४ घर बन्ने भएको छ । यो योजना काहाँबाट आएको हो र कति रकम आएको हो भनेर पनि आफुहरुलाई थाहा नभएको सुस्ता गाउँपालिका वडा न.५ बस्ने महेन्द्र मुसहरले बताएका छन । 

त्यसैगरि सुस्ता गाउँपालिका वडा न.१ मा जयप्रकाश हरिजनले तिमीहरुको घर मैले पारि दिएको हो भनेर प्रत्येक घरमा रु.१० हजारका दरले रकम लिएको सुस्ता गाउँपालिका वडा न.१ रुपौलिया अन्र्तगत कदमहवा टोलमा बस्ने अनिरुद्ध हरिजनले बताएका छन । 

यति मात्र नभै आफुहरुलाई बनाउन भनेर आएको घरको आवश्यक सामग्रीहरु पनि त्यही जयप्रकाश हरिजनले खसालि दिएको हरिजनले बताए त्यसै गरि सुस्ता गाउँपालिकाको वडा न.५ मा पनि यस्तै चर्तीकला रहेको छ । 

घर बनाउने इट्टा पनि मिठा अवल नामको ईट्टा खसालेको र सो ईट्टा एकदमै गुणस्तरियहिन रहेको साथै कति पैसामा ईट्टा खसालेको हो त्यो पनि आफुहरुलाई थाहा नभएको सुस्ता गाउँपालिकाको वडा न.५ बस्ने गोगा मुसहरले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ