।नेपाल कृषिप्रधान देश हो । खेती किसानी गर्नेको संख्या देशभरीको जनसंख्याको ८० प्रतिशत छ । कृषि प्रधान देश भएता पनि कृषिमा आधुनिकरण, गुणस्तरीय विउविजन, आवश्यक कृषि औजार, परामर्शको अभावका कारण देशले बर्षेनी हजारौ मेटिूक टन खा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  ।नेपाल कृषिप्रधान देश हो । खेती किसानी गर्नेको संख्या देशभरीको जनसंख्याको ८० प्रतिशत छ । कृषि प्रधान देश भएता पनि कृषिमा आधुनिकरण, गुणस्तरीय विउविजन, आवश्यक कृषि औजार, परामर्शको अभावका कारण देशले बर्षेनी हजारौ मेटिूक टन खा"/>
2026-09-19 03:36 PM
पर्बत - PBT

किसानलाई पाँच करोडको अनुदान

 ।नेपाल कृषिप्रधान देश हो । खेती किसानी गर्नेको संख्या देशभरीको जनसंख्याको ८० प्रतिशत छ । कृषि प्रधान देश भएता पनि कृषिमा आधुनिकरण, गुणस्तरीय विउविजन, आवश्यक कृषि औजार, परामर्शको अभावका कारण देशले बर्षेनी हजारौ मेटिूक टन खाद्यन्न आयात गर्नुपर्ने बाध्यता छ । 

जिल्ला कृषि विकास कार्यालय पर्वतले गत आवमा जिल्लाका कृषकलाई झण्डै पाँच करोड बराबरको अनुदान वितरण गरेको छ । कृषि औजारदेखि मलबिउ र आयआर्जनमा गतबर्ष पर्वतका किसानले चार करोड ८७ लाख ५१ हजार सात सय ५० रुपैयाँ अनुदान पाएका हुन् । जिल्ला कृषि विकास कार्यालय र पशु सेवा कार्यालयले कृषि आधुनिकिकरण, युवालक्षित, पशुपालन, सहकारीखेतीलगायतका लागि अनुदान दिएको हो ।

कृषि कार्यालयले मात्रै किसानलाई आर्थिक बर्ष २०७३÷०७४ मा तीन करोड ७२ लाख ६६ हजार सात ५० रुपैयाँ अनुदान वितरण गरेको छ । युवा लक्षित कार्यक्रम र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना मार्फत जिल्लाका जागरुक उत्साही युवाहरुलाई अनुदान वितरण गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

कृषिले साना सिंचाई, प्लाष्टिक पोखरी, मिनिटिलर, थोपा सिंचाई, थ्रेसर, सुन्तला बगैचा सुदृढिकरण, युवा लक्षित कार्यक्रम, हिउदे र बर्षे फलफुलका बिरुवा, मौरी घर तथा गोला, सुन्तलाको पकेट, ब्लक, मकैको बिउ, सुन्तला नसरी, रस्टीक स्टोर, अलैची भट्टीमा किसानलाई अनुदान प्रदान गरेको जिल्ला कृषि विकास कार्यालय पर्वतका प्रमुख एवम् बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले बताए ।

त्यस्तैगरी मकै छोडाउने मेसिन, बर्षा पम्प, त्रिपाल, भकारो सुधार, माछा भुरा ढुवानी, चैते धान प्रोत्साहन, प्रांगारिक मल, मेटल बिन र कृषि चुन ढुवानीमा पनि कृषिले अनुदान प्रदान गरेको छ । कृषकलाई पेशाप्रति निरन्तर आकर्षिक गर्ने उद्देश्यले बिउदेखि विभिन्न मेसिनरी सामानमा अनुदान प्रदान गरिएको रेग्मीले जानकारी दिए ।

अनुदान रकमले किसानलाई निरन्तर कृषि पेशाप्रति लाग्न उत्साह थपेको छ, विशेषगरी तरकारी उत्पादनमा राम्रो प्रगति भएको छ’ उनले भने । राज्यले दिने थोरै अनुदानले पनि किसानले धेरे राम्रो प्रगति गरेको पनि रेग्मीले बताए । ‘अहिले युवाबर्ग रोजगारीका लागि बिदेश पलायन भइरहेको छ तर अन्त्यमा धेरै युवाले ठुलो कष्ट भोगेर आफ्नै गाउँमा आएर कृषिमा राम्रो गरेका पनि छन’ उनले भने(‘अनुदानले उनीहरुलाई कृषिक्षेत्रमा लाग्न उत्साह थपेको छ ।’

पर्वतको विभिन्न क्षेत्रमा एक दशक अघिसम्म चैते धानले राम्रो ठाउँ लिएको भएपनि हराउदै गएको थियो । तर, कृषि कार्यालयले चैते धान रोप्ने किसानलाई केन्द्रीत गरेर प्रोत्साहन रकम प्रदान गर्न थालेपछि चैते धान रोप्ने किसान बढेका छन् । विशेषगरी पैंयूँ गाउँपालिकाको हुवास,                सरौखोला, त्रिवेणी, भोर्लेमा चैते धान रोप्ने किसान उत्साहित भएको        रेग्मीले जानकारी दिए । कृषि कार्यालयले समुहगत रुपमा किसानलाई अनुदान प्रदान गर्ने     गरेको छ ।

यसैविच नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् ब्यवस्थापिका सांसद सदस्य अर्जुनप्रसाद जोशीले किसानलाई     आधुनिकिकरण तर्फ अग्रसर        गराउन गतबर्ष १० लाख रुपैयाँ बजेट बिनियोजन गरेका थिए । निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमअन्र्तगत जोशीले मिनिटेलर खरिद गरी किसानलाई जिल्ला कृषि विकास कार्यालयमार्फत सहुलियतमा बितरण गरिएको थियो । सांसद जोशीबाट बिनियोजन भएको रकमबाट किसानलाई ५० प्रतिशत अननुदानमा मिनिटेलर बितरण गरिएको रेग्मीले      जानकारी दिए ।

उता जिल्ला पशु सेवा कार्यालयले पनि गत आर्थिक बर्ष एक करोड १४ लाख ८५ हजार रुपैयाँ अनुदान बितरण गरेको जनाएको छ । पशु विकास अधिकृत बिश्वनाथ गौतमले पशुपालक कृषकलाई बिस्तार र उनीहरुलाई पशुपालनतर्फ आकर्षित गराउन अनुदान दिने ब्यवस्था मिलाएको बताए ।विशेषगरी पशु कार्यालयले गाई फार्ममा साना र मझौला गरी १२ लाख ४५ हजार रुपैयाँ अनुदान प्रदान गरेको छ । बाख्रापालनमा चार लाख र बंगुरपालनमा तीन लाख रुपैयाँ अनुदान दिएको छ । यो अनुदान रकम युवालाई लक्षित गरेर बितरण      गरिएको हो ।

त्यस्तै बाख्राको खोर सुधार, बंगुरको खोर सुधार, मासु पसल सुधार, बोका बितरण, बाख्रा प्याकेज, बंगुर प्याकेज, पशु अनुवाशींक श्रोत संरक्षण, भैसी स्रोत केन्द्र स्थापना, बाख्रा मिसन, सहकारीमा बंगुरपालन, सहकारीमा      कुखुरापालन लगायत शिर्षकमा अनुदान दिइएको गौतमले बताए । अनुदानले बाख्रा, बंगुर, गाई र कुखुरापालन कृषक बढाएको उनले जानकारी दिए । पशु सेवा कार्यालयले गतबर्ष जलजला गाउँपालिकाको वडा नम्बर ८ नाग्लीवाङमा ४३ लाख ७५ हजार रुपैयाँको लागतमा भैसी श्रोतकेन्द्र स्थापना गरेको छ । दुध उत्पादनका लागि पकेट क्षेत्रका रुपमा रहेको नाग्लीवाङमा पशु सेवा कार्यालयले ठुलो रकम प्रदान गरेर भैसी श्रोत केन्द्र नै स्थापना गरेपछि त्यसक्षेत्रका पशुपालक किसान खुशी भएका    छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै