पर्वत । जिल्ला समन्वय समिति पर्वतले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न सकेको छैन । प्राविधिक शाखाका कर्मचारी स्थानीय तहमा खटाइसकेको छ तर कर्मचारी स्थानीय तहमा पुगिसकेका छैनन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  पर्वत । जिल्ला समन्वय समिति पर्वतले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न सकेको छैन । प्राविधिक शाखाका कर्मचारी स्थानीय तहमा खटाइसकेको छ तर कर्मचारी स्थानीय तहमा पुगिसकेका छैनन् ।

2026-09-19 03:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुस्मा नपामा काँग्रेसका १० जिससमा एमालेका ११ सेवाअवधी सकिएका कर्मचारीले सेवासुविधा उपभोग गर्दै

 पर्वत । जिल्ला समन्वय समिति पर्वतले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न सकेको छैन । प्राविधिक शाखाका कर्मचारी स्थानीय तहमा खटाइसकेको छ तर कर्मचारी स्थानीय तहमा पुगिसकेका छैनन् ।

जिल्ला समन्वय समितिमा  तीन अधिकृत सहित दशजना कर्मचारीले स्थानीय श्रोत मार्फत तलव सुविधा लिँदै आएको भएपनि कर्मचारीको सेवाअवधी असार मसान्तसँगै समाप्त भएको छ । तीनै कर्मचारीका कारण स्थानीय तहमा कर्मचारी व्यवस्थापनमा जिल्ला समन्वय समितिमा लागि समस्या पैदा गरेको छ ।

दश कर्मचारीको दरबन्दी सकिएता पनि अझै राज्यको सेवा सुविधा लिइरहेका छन् । महिनादिन देखि सेवा समयअवधि सकिएका कर्मचारी जिल्ला विकास समितिमा रही रहेका छन् तीनै कर्मचारीका कारण स्थानीय तहमा     कर्मचारी व्यवस्थापनका लागि जिल्ला समन्वय समितिलाई समस्या पैदा गरेको छ ।साउन १५ सम्म सबै स्थानीय निकायमा कर्मचारी खटाईसक्नुपर्ने भएपनि समितिको किचलोको कारण कर्मचारीहरु स्थानीय तहमा नपुगेको कार्यालयले जनाएको छ । स्थानीय विकास अधिकारी विष्णु प्रसाद भुसालले स्थानीय श्रोत मार्फत सेवा सुविधा लिईरहेका कर्मचारीहरुको सम्बन्धमा ठोस निर्णय नआएका कारण व्यवस्थापनमा ढिलाई भएको बताए । तीन सामाजिक परीचालन अधिकृतले आन्तरीक श्रोत मार्फत आवास सहितको सुविधा लिँदै आएकोमा स्थानीय तहमा सुविधा कटौती हुने भएपछि अधिकृत सहित अन्य कर्मचारीको समेत टुगो लाग्न सकेको छैन् । स्थानीय तहमा पुग्नु पर्नेमा कर्मचारीहरु अझै स्थानीय तहमा पुगेका छैनन् ।

पर्वतमा दुई नगरपालिका सहित सातवटा स्थानीय तह छन् । गाउँपालिकाहरुमा जान कर्मचारीहरु अनकन्याएका छन् । जिससको आन्तरीक श्रोत मार्फत तलव सुविधा भोग गर्ने दश कर्मचारी रहेकोमा स्थानीय तहले आवश्यक ठानेमा नियुक्त गर्नसक्ने प्रावधान रहेको कार्यालयले जनाएको छ । यता कुश्मा नगरपालिकामा पनि दरबन्दी सकिएका      कर्मचारीलेनै सेवा प्रवाह गरिरहेका छन् । नयाँ कर्मचारी थप गर्न तथा करारका       कर्मचारीलाई म्याद थप गर्न नगर बोर्डको बैठकले पास गर्नुपर्नेमा एकलौटी ढंगले म्याद थप नगरि काममा लगाए पछि वडा अध्यक्षहरुले बिरोध जनाइरहेका छन् ।  वडा तहमा एमाले निकट जनप्रतिनिधिको बाहुलियता छ । वडा अध्यक्षहरुले विरोध गरेपछि हालसम्म नगर परिषद तथा आगामी बजेट तथा नीति कार्यक्रमहरु सार्वजनिक हुन सकेको छैन । कुश्मा नगरपालिकामा कम्प्युटर अपरेटर १ जना, सहायक कम्प्यूटर       अपरेटर ३ जना, कार्यालय सहायक चौंथो २ जना, डाईभर २ जना र कार्यालय सहायक ३ जना गरि ११ जनाको गत असार मसान्तमा म्याद सकिएको हो । उनीहरुले पनि कुश्मा नगरपालिकाबाट प्राप्त हुने सेवा सुविधा उपभोग गरी सेवा प्रवाह गरिरहेका छन् । जिल्ला समन्वय समिति पर्वत र कुश्मा नगरपालिकामा राजनीतिक द्वन्द्वका कारण करार नियुक्ति अबधी सकिएका       कर्मचारीले सेवा उपभोग गरिरहेका छन् । जिल्ला समन्वय समितिमा एमालेको बाहुलियता छ र      कर्मचारीपनि एमाले निकट संगठनका समयअवधि सकिएका छन् । यता नगरपालिकामा नेपाली काँग्रेस निकट संगठनका कर्मचारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै