मकरराज धामी/साउन २३, बझाङ । विगत ९ बर्ष देखि बन्द भएको बझाङ विमानस्थल पिच गरि संचालनमा ल्याउनु पर्ने माग गर्दै नागरिक उडयान तथा पर्यटन विकास मन्त्री लाई माग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मकरराज धामी/साउन २३, बझाङ । विगत ९ बर्ष देखि बन्द भएको बझाङ विमानस्थल पिच गरि संचालनमा ल्याउनु पर्ने माग गर्दै नागरिक उडयान तथा पर्यटन विकास मन्त्री लाई माग"/>

2026-09-19 07:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ विमानस्थल पिच गरि सुचारु गर्न माग


मकरराज धामी/साउन २३, बझाङ । विगत ९ बर्ष देखि बन्द भएको बझाङ विमानस्थल पिच गरि संचालनमा ल्याउनु पर्ने माग गर्दै नागरिक उडयान तथा पर्यटन विकास मन्त्री लाई माग पत्र बुझाएका छन् । 

कारोवार दैनिकमा ९ बर्ष देखि बझाङ विमानस्थल बन्द भन्ने समाचार प्रकासित भए पछि तत्कालै संचालनमा ल्याउन माग गर्दै सरोकारवालाहरुले सोमवार पर्यटन विकास मन्त्री लाई माग पत्र बुझाएका हुन । 

पर्यटन अभियन्ता तथा सुदूरपश्चिम समृद्धि मार्ग (चैनपुर–ताक्लाकोट सडक खण्ड) दबाव समुहका संयोजक किशोर खड्काको नेतृत्वमा बझाङका सांसद तथा पत्रकार सहितको टोलीले पर्यटन विकास मन्त्री जितेन्द्र देब लाई लिखित रुपमा विमानस्थल पिच गरि जहाज संचालनमा गरि दिन माग गरेका छन् । माग पत्र बुझदै पर्यटन विकास मन्त्री जितेन्द्र देबले बझाङ विमानस्थल सुचारु गर्नका लागी आफु तयार रहेको र आफ्नै कार्यकालमा सञ्चालन गर्ने गरि प्रक्रिया अघि बढाउने बताउनु भयो । 

जिल्ला जोड्ने एक मात्र सडक यसै महिनामा मात्र १२ पटक अबरुद्ध भएको, बझाङवासीले सास्ती खेप्नु परेको र विगत तीन बर्ष देखि विमानस्थल संचालनको लागी पटक पटक माग गरि रहेको भए पनि कसैले चासो नदेखाएका कारण  तुरुन्तै विमानस्थल सुचारुको प्रक्रिया अघि बढाउन जिल्लाका सांसदहरुले आग्रह गर्नु भयो । 

हिन्दुहरुको महान तिर्थस्थल कैलाश मानसरोवर जान नेपालबाट सबैभन्दा छोटो बाटो पनि बझांग जिल्ला भएरै जाने भएकाले यो बाटो संचालनमा ल्याउनु आवश्यक भएको पर्यटन अभियन्ता किशोर खडकाको भनाई छ । 

सरकारको जहाज कुर्नुभन्दा एअरपोर्ट पिच हुन सके निजि क्षेत्रका बिमानहरु पनि संचालनमा आउने र निजि क्षेत्र आएपछि प्रतिस्प्रधा बढ्नुका साथै सेवामा पनि गुणस्तर हुने अपेक्षा रहेको छ । तसर्थ एअरपोर्ट पिच हुन सके निजि क्षेत्रका जहाज भित्रयाउन सकिने खडकाको भनाई छ ।  

सुदूरपश्चिमका अन्य जिल्लाका एअरपोर्टहरु पिच भएर जहाज संचालनको तयारीमा रहेपनि बझांग जिल्लाको एअरपोर्ट भने संचालन गर्न राज्यले कुनै ध्यान नदिएको , त्यसैगरी हिन्दुहरुको महान तिर्थस्थल कैलाश मानसरोवर जान नेपालबाट सबैभन्दा छोटो बाटो का लागी यहि विमानस्थल हुने भएकाले आवश्यक प्रक्रिया अघि बढाउनु पर्ने, विमानस्थल तत्कालै पिच गरि संचालनमा ल्याउनु पर्ने लगायतका माग माग पत्रमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई