2026-09-19 06:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको कुमारवर्ती माई मन्दिर ओझेलमा किन पर्यो ?

साउन २५, नवलपरासी । उचित संरक्षण र प्रचारप्रसारको अभावमा नवलपरासीको कावासोती नगरपालिका क्षेत्रमा रहेको कुमारवर्ती माई मन्दिर ओझेलमा परेको छ । 

थारु गुठी संरक्षण समितिद्वारा संरक्षित कुमारवर्ती माई मन्दिरको प्रचारप्रसार गर्नेतर्फ सरोकारवालाको उदाशिनताका कारण विकास हुन नसकेको हो । यस माईमा पूजा गरेमा रोगव्याधि नलाग्ने धार्मिक विश्वास छ । यहाँ व्यवस्थित मन्दिर, थारु जातिका लोप हुन लागेका विभिन्न संस्कृति संरक्षणको लागि संरक्षणस्थल बनाउने योजना रहेको छ । 

विसं २०६३ मा दर्ता गरिएको गुठीको ३ बिगाहा जमिन रहेको छ । गुठीअन्तर्गत रहेको माईको व्यवस्थित मन्दिरसमेत निर्माण गर्न नसकिएको स्थानीयको भनाइ रहेको छ । 

स्थानीयको पहुँच पु¥याउन नसक्दा स्थानीयस्तरमा निर्माण गरिएको योजनासमेत अलपत्र परेको गुनासो छ । वर्षको चारपटक पूजा गरिने यस माईमा विभिन्न स्थानबाट पूजा गर्नको लागि थारु समुदाय यहाँ आउने गरेका छन् । 

यस क्षेत्रका सरोकारवालाले यस क्षेत्रको समुचित विकासको लागि ध्यान दिन नसकेको स्थानीयको दुखेसो छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ