Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
नवलपुर - NWL

नवलपरासीका हज यात्रीहरुलाई बिदाई गरियो

k By kit 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

साउन २६, नवलपरासी । नवलपरासीका हज यात्रीहरुलाई आज हारमाला लगाई बिदायी गरिएको छ ।

जिल्लाको विभिन्न क्षेत्रका ३२ जना हज यात्रीहरुलाई मुस्लिम समुदायहरुले शुभकामना दिदै बिदायी गरेका हुन् । फैजाने अहले बैत कमेटी परासीले आयोजना गरेको हाजी बिदायी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले ति हज यात्रीहरुलाई फुलमाला लगाई बिदायी गरेका हुन् ।

साउदी अरबको मक्का मदिनामा हजका लागि यसवर्ष जिल्लाबाट महिला पुरुष गरि ३३ जनाले फारम भरेका थिए जसमध्ये ३२ जना हज कोटामा परेका छन् । मुस्लिम समुदायको दोश्रो महानपर्व बकरईदको अवसर पारेर साउदी अरबको मक्का मदीना पुगी हजगर्ने गरिन्छ । जिल्लाका हज यात्रीहरु हजका लागि भोली शुक्रबार काठमाण्डांै प्रस्थान गर्दैछन् ।

केन्द्रिय हज कमेटीले हजयात्रीहरुका लागि काठमाण्डांैको बसाई खाना, टिकट, भिजा, हज खोप र साउदी अरबको बसाई, यात्रा समेत कमेटीले व्यहोर्ने गरि प्रत्येक हाजीबाट१ लाख ८३ हजार रुपिया लिईएको छ ।

ईस्लाम धर्म अनुसार हजयात्रा प्रत्येक सम्पन्नशाली मुस्लिम व्यक्तिमाथि जिवनभरिमा एक पटक पुरा गर्न अनिवार्य छ । आफनो जिवनको उत्तरदायित्व जस्तै उमेर पुगेका छोराछोरीको विवाह गर्ने, पुर्णरुपमा ऋणहरु चुक्ता गर्ने पर्ने, आमाबुबाको उचित व्यवस्था मिलाउन पर्ने, जिवनमा गरिएको झैझगडाको मेलमिलाप गरि नातेदार छरछिमेकहरुसंग सहकार्य गरेर मात्र जान पाउने छ मुस्लिम धर्मावलम्बीहरुको भनाई छ ।

हज पुरा गर्नका लागि साउदी अरबको मक्का मदिना पुगी सामुहिक नमाज पढने, मक्का मदिनाको ७ चक्कर लगाउने, जनावरको कुर्बानी दिने, सफा मर्वा पहाडीको चक्करलगाउने दानपुन गर्ने जस्ता धार्मिक क्रियाकलाप गर्न पर्छ । हज पुरा गरेपछि सबै किसिमका पापबाट मुक्ति पाईन्छ भने हज गरेपछि ईस्लामिक क्रियाकलाप बाहेक कुनै प्रकारको गलत काम गर्न नपाईने धर्मावलम्बीहरुले बताए ।

कमेटीका अध्यक्ष सैयद गुलाम हुसैन मिँयाको अध्यक्षतामा भएको हज विदायी कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना, विशिष्ट अतिथि घनश्याम यादव, अतिथि, शसस्त्र प्रहरी उपरिक्षक विरेन्द्रराज श्रेष्ठ, मदारबाबा मठाधिश अमिरुल्लाह मिँया, पुर्व हज कमेटी सदस्य बुद्धन अलि, सुनवल उपमेयर दधिराम अर्याल, नागरिक समाजका अध्यक्ष सम्भु उपाध्याय, उद्योग वाणिज्य महासंघका महासचिव गिरीराज पाण्डे, युवा समाजसेवी कासिद अली, अमिरुल्लाह मिँया, हाजी ईस्हाक मियाँ, लगायतले हज यात्रीहरुलाई शुभकामना दिदै हाजीहरुको हज सफल रहोस भनि कामना गरेका थिए ।