पर्वत । चटपट स्वास्थ्यको लागि कति लाभदायीक छ र चटपट बनाउँदा केके सामग्रीको प्रयोग गरिन्छ भन्नेबारेमा  धेरै अनिविज्ञ  छन् । बजारका खुल्ला रुपमा सडकमा पाइने चटपट खाने उपभोक्ताहरुको बजारमा भिडनै लाग्छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । चटपट स्वास्थ्यको लागि कति लाभदायीक छ र चटपट बनाउँदा केके सामग्रीको प्रयोग गरिन्छ भन्नेबारेमा  धेरै अनिविज्ञ  छन् । बजारका खुल्ला रुपमा सडकमा पाइने चटपट खाने उपभोक्ताहरुको बजारमा भिडनै लाग्छ ।
2026-09-19 03:35 PM
पर्बत - PBT

चटपट अमिलो बनाउन “हारपेक”को प्रयोग

पर्वत । चटपट स्वास्थ्यको लागि कति लाभदायीक छ र चटपट बनाउँदा केके सामग्रीको प्रयोग गरिन्छ भन्नेबारेमा  धेरै अनिविज्ञ  छन् । बजारका खुल्ला रुपमा सडकमा पाइने चटपट खाने उपभोक्ताहरुको बजारमा भिडनै लाग्छ । गल्लीगल्लीमा ठेलागाडामा विक्रि गर्न राखिएको चटपट स्वादका लागि उपभोक्ताले प्रयोग गर्ने गरेको पाइन्छ तर त्यसले स्वास्थ्यमा पार्ने असर र बनाउने विधिमा केके अपनाइन्छ भन्ने कुरा कसैलाई पनि थाहा हुदैन ।

स्वादका लागि उपभोग गर्ने चटपट झट्ट हेर्दा चाउचाउ, चना,मटर, आलु, व्याज, खुर्सानी, मसला, भुजा, दालमोठ आदीको प्रयोग बाट बनाएको जस्तो देखिन्छ तर चटपटलाई स्वाधिलो र टेस्टी बनाउनको लागि व्यापारीहरुले शौचालयमा राखिने हारपेकको प्रयोग गर्ने गरेको खुलेको छ ।

हारपेकको प्रयोगले चटपटलाई स्वादिलो र अमिलो बनाउने भएका      कारण व्यापारीले हारपेकको पानी तयार गरी चटपटको टेस्टका लागि प्रयोग       गरेको पाइएको छ । बजार अनुगमनका क्रममा चटपट व्यापारीले हारपेक राखेर चटपटलाई अमिलो र स्वादिलो बनाउने गरेको तथ्य बाहिर आएपछि म्याग्दीमा चटपट विक्रिवितरणमा रोक लगाइएको छ ।

बेनी नगरपालिकाको कार्यालयले बजारमा चटपटे बिक्री गर्न रोक लगाएको हो । स्वास्थ्यमा प्रतिकूल असर पर्ने अखाद्य पदार्थ मिसावट गरी चटपटे बनाउने  गरेको पाइएपछि प्रतिबन्ध लगाइएको बेनपा– ७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए। ‘सडकमा ठेला राखेर व्यापार गर्दा दुर्घटनाको जोखिम समेत बढेको छ,’ उनले भने ।

साँघुरा सडक र गल्लीमा ठेलामा राखेर बिक्री गरिने चटपटे खानेको भिडले सवारी आवागमन प्रभावित भएको छ । चटपटे अमिलो बनाउन यहाँका केही        व्यापारीले शौचालय सफा गर्न प्रयोग गरिने ‘हारपेक’ प्रयोग गरेको भेटिएपछि कडाइ गरिएको वडाध्यक्ष श्रेष्ठले बताए ।

नगरपालिकाले सडक छेउछाउमा रहेका ट्यांकी र छाप्रोलाई वैकल्पिक ठाउँमा स्थानान्तरणको तयारी समेत गरेको छ । ठेला तथा ट्ंयाकी बनाएर फलफूल र शृङ्गार सामग्रीको व्यापार गर्दै आएका व्यापारीलाई स्थायी पूर्वाधार बनाएर     स्थानान्तरण गर्ने तयारी भइरहेको नगरपालिकाले जनाएको     छ ।

यता पर्वतमा सडकमा चटपट विक्रि गर्ने व्यापारीहरुको संख्या निकै बढ्दो छ । बजारका चोकचोकमा सवारी साधनलाई अबरोध गर्ने गरी घुम्तीहरुमा ठेलागाडीमा चटपट विक्रिवितरण गर्ने गरेता पनि त्यसमा अनुगमन र कुश्मा नगरपालिकाले खासैका अनुगमन  र व्यवस्थापन गर्न सकेको छैन । बजारमा अहिले चटपटक गर्नेहरुले सडकका छेउछा रोजका छन् भने चटपट खानेहरुको भीडले सडक दुर्घटना हुने खतरा समेत         रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै