Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा असी वर्षपछि अस्पतालमा फार्मेसी सेवा सुरु

२०७४, २७ श्रावण शुक्रबार ०५:४६

साउन २७, नवलपरासी । स्थापना भएको करिब ८० वर्षपछि नवलपरासी जिल्लाको पृथ्वी चन्द्र अस्पतालमा फार्मेसी सेवा शुरु भएको छ । 

पटक पटकको अथक प्रयासपछि मन्त्रालयले रकम उपलब्ध गराएपछि जिल्लाको एक मात्र पृथ्वीचन्द्र अस्पतालले फार्मेसी सेवा सञ्चालन गरेको हो । नाफामूलकभन्दा पनि सेवामूलक भावनाले फार्मेसी सेवा सञ्चालन गरिएको अस्पताल विकास समितिका अध्यक्ष सन्तोष श्रीवास्तवले जानकारी दिनुभयो । 

चौबिसै घण्टा र बाहिर औषधि पसलभन्दा सस्तो मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यले अस्पतालमै फार्मेसी सेवा शुरु भएको हो । यस अगावै यस जिल्ला अस्पतालमा अस्पतालले फार्मेसी सेवा सञ्चालन गर्न सकेको थिएन । 

यद्यपि ढिलै भएपनि अस्पतालभित्रै फार्मेसी सेवा शुरु हुनाले बिरामीलाई निकै सजिलो हुने अपेक्षा गरिएको छ । अस्पतालभित्र अन्य सेवा भएपनि फार्मेसी सेवा नभएको कारणले बिरामीलाई औषधि लिनका लागि अस्पतालबाहिर भएको क्लिनिकमा जानुपर्ने बाध्यता रहँदै आएको थियो । तर अब बाहिरभन्दा निकै सस्तो र अस्पताल परिसरभित्रै चौबिसै घण्टा सेवा सञ्चलान हुने यस फार्मेसीका कारण बिरामीलाई थप सहजता हुने पक्का छ । 

हालै मात्र ५० श्ययाको क्षमता विस्तार भएको यस अस्पतालमा दिनहँु करिब १५० जना बिरामी आउने गरेका छन् । यस अस्पतालमा ५३ जना जनशक्तिको दरबन्दी भएपनि हाल २१ जना मात्र जनशक्तिले काम चलाउनु पर्दा प्रभावकारी सेवा प्रवाह गर्न कठिनाइ हँुदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ