2026-09-18 07:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ट्रक दुर्घटना हुँदा दुईको मृत्यु, तीन जना घाइते

साउन २७, स्याङ्जा । मालुंगामा आज अपराह्न ट्रक दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

वडा प्रहरी कार्यालय वालिङका अनुसार पोखराबाट बुटवलतर्फ जाँदै गरेको ना ३ ख ५५४६ नंको ट्रक गल्याङ नगरपालिका–१ मालुंगा कुनौटास्थित सिद्धार्थ राजमार्गमा भएको दुर्घटनामा परी स्याङ्जा, वालिङ नगरपालिका–१४ घर भई कपिलवस्तु वाणगंगा–२ बस्ने अन्दाजी ७५ वर्षीया जानकी थापा मगर र कृष्णबहादुर थापाको मृत्यु भएको हो । 

घाइते चालक मकवानपुर दामन पालुङ–५ बस्ने ५१ वर्षीय भुवन कार्की, स्याङ्जा वालिङ–९ बस्ने ६६ वर्षीय भोजप्रसाद तिवारी र वालिङ–१४ घर भई हाल कपिलवस्तु वाणगंगा–२ बस्ने ५३ वर्षीय कोशबहादुर थापाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ । 

ट्रक सिद्धार्थ राजमार्गबाट आज अपराह्न १: ४५ बजेतिर झण्डै १५० मि तल खसेको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई