साउन २८, कावासोती । लगातारको वर्षाका कारण नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिका र बर्दघाट नगरपालिका क्षेत्रमा पर्ने दाउन्नेमा पहिरो खसेपछि पूर्व पश्चिम राजमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २८, कावासोती । लगातारको वर्षाका कारण नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिका र बर्दघाट नगरपालिका क्षेत्रमा पर्ने दाउन्नेमा पहिरो खसेपछि पूर्व पश्चिम राजमा"/>

2026-09-19 06:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको दाउन्नेमा पूर्वपश्चिम राजमार्ग ११ घण्टादेखि अवरुद्ध


साउन २८, कावासोती । लगातारको वर्षाका कारण नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिका र बर्दघाट नगरपालिका क्षेत्रमा पर्ने दाउन्नेमा पहिरो खसेपछि पूर्व पश्चिम राजमार्ग १० घण्टा देखि  अवरुद्ध भएको छ । 

शुक्रबार साँझ ८ बजेदेखि पहिरो गए पनि डिभिजन सडक कार्यालय बुटवलले समयमा पहिरो नपन्छाउँदा शनिबार विहानसम्म  सडक अवरुद्ध रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख धर्मेन्द्र रावलले जानकारी दिए। 

शुक्रबार साँझ ६ बजेदेखि नै पहिरो पन्छाउन डिभिजन सडक कार्यालयलाई अनुरोध गरेको भए पनि शनिबार बिहान ४ बजेदेखि मात्बारै काम सुरु गरिएको हो। 

पहिरो सफा गर्न अझै कम्तीमा ४ घण्टा लाग्ने हुनाले सडक अवरुद्ध हुने रावलले बताएका छन् । १० घण्टादेखि सडक अवरुद्ध भएसँगै पूर्व–पश्चिम चल्ने रुटका गाडीमा सवार थुप्रै यात्रुहरु जाममा फसेका छन् ।  

दाउन्‍नेमा पहिरो गइराख्‍ने भएकाले बर्दघाट र  दुम्कीबासका सडक डिभिजन कार्यालय बुटबलले पहिलेदेखि नै डोजर छुट्टयाएर राख्‍ने गरेको छ। तर सडक डिभिजन कार्यालय बुटबलको लापरबाहीका कारण डिजल सकिएपछि बर्दघाट र दुम्कीबासबाट डोजर समयमा आउन पाएको थिएन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ