साउन २७, परासी | नवलपरासीमा बाढीको प्रदुषणले स्थानिय पिडितहरुमा भाईरल र फ्लुको संक्रमण बढन थालेपछि निशुल्क स्वास्थय शिबिर संचालन गरिएको छ । 

ठाउँ ठाउँमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २७, परासी | नवलपरासीमा बाढीको प्रदुषणले स्थानिय पिडितहरुमा भाईरल र फ्लुको संक्रमण बढन थालेपछि निशुल्क स्वास्थय शिबिर संचालन गरिएको छ । 

ठाउँ ठाउँमा "/>

2026-09-19 06:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

विस्थापित परिवारको निशुल्क स्वास्थय परिक्षण

साउन २७, परासी | नवलपरासीमा बाढीको प्रदुषणले स्थानिय पिडितहरुमा भाईरल र फ्लुको संक्रमण बढन थालेपछि निशुल्क स्वास्थय शिबिर संचालन गरिएको छ । 

ठाउँ ठाउँमा बाढीको पानी मरेर वातावरण दुषित र चर्को घाम, गर्मीका कारण भाईरल ज्वरो, फ्लुको संक्रमणले बाढी पिडितहरु विरामी पर्न थालेपछि निुशल्क स्वास्थ्य शिबिर संचालन गरिएको हो । बाढीले प्रभावित बनेको उक्त क्षत्रमा सरकारको भुमिका निस्क्रिय देखिएपछि सिडिएम नेपाल बुटवल, नेपाल स्वास्थय प्राविधिक संघ बुटवल र ग्यालेक्सी रिसर्च एण्ड डेभ्लपमेन्ट सेन्टर बुटवलको संयुक्त आयोजनामा एक दिने  निशुल्क स्वास्थय शिबिर संचालन गरि निशुल्क औषधी वितरण गरिएको छ ।

जिल्लाको प्रतापुर गाउँपालिका ८ स्थित फटकी टोला र वार्ड नं ३ बर्गदवाको नन्दपुरमा गरि दुई ठाउँमा स्वास्थय शिबिर संचालन गरिएको छ । बाढीले पुर्ण डुबानमा परेका क्षेत्र मध्ये यि दुईटा वार्डहरु बढि पिडित भएको छ । बाढीले जिल्लामा १ सय ४४ घरपरिवारको घर भत्केर विस्थापित हुन पुगेका छन् । रोगको संक्रमण यि विस्थापित घरपरिमा बढि देखिएकाले दुईटै शिबिरमा विस्थापित घर परिवारका कुल १ सय १३ जनाको स्वास्थ्य परिक्षण गरिएको सिडिएम नेपालको नवलपरासी सुपरभाईजर हरिशंकर पाण्डेले बताए ।  

स्वास्थ्य परिक्षण गर्दा भाईरल ज्वरो, रुघाखोकी, झाडापाखाला, दादुरा र छाला रोगका विरामीहरु भेटिएका छन् । विरामीहरुलाई निशुल्क औषधीहरु वितरण गरिएको छ जसले विरामीहरुको अवस्थामा सुधार हुने शिबिरमा खटिएका हेल्थ असिस्टेन्ट समिर भण्डारीले बताए । श्रावण २० गते जिल्लामा आएको ठुलो बाढीका कारण घर भत्किेर १ सय ४४ घरधुरी विस्थापित भएका थिए जु अझैपनि स्थानिय विद्यालय र सर्वाजनिक जग्गाहरुमा त्रिपाल गाडेर बसोबास गर्दै आएका छन् ।

बाढीले बिजोग बनाएको विस्थापित घरपरिवार धाराको धमिलो पानी खान बाध्य छन् । त्यति मात्र होईन विद्यालय एवं त्रिपालमा बस्ने ति विस्थापित परिवारलाई कडा घाम र चर्काे गर्मीले पनि निकै सताएको छ । सम्बन्धित गाउँपालिका, सिडिएम नेपाल र स्थानिय जनताले वितरण गरेको खाद्यान्न दाउराको अभावमा राम्ररी तरिकाले पकाउन नसकेपछि कांचै खान पनि बाध्य छन् । जसले तिनको स्वास्थ्यमा नाकारात्मक असर पारी रहेको बताइएको छ । सरकारको मौनताले झन पिडित बन्दै गएका विस्थापित परिवारमा अझैपनि सिडिएम नेपालले भोजन (मेस) चलाईरहेको छ ।

ति संस्थाहरुले चलाएको स्वास्थ्य शिबिरमा फेला परेका विरामीहरु दुषित पानी, घाम, गर्मी, प्रदुषित वातावरण कै कारणले फैलिरहेको हो । यदि यसलाई समयमै नियन्त्रण गर्न सकिएन भने यो संक्रमण ठुलो रुप लिदै महामारी फैलिने सम्भावना रहेको एच ए भण्डारीले बताए । यसरी दयनिय अवस्थामा रहेका ति विस्थापित परिवारलाई सरकारी निकायले पुर्न स्थापित गराउन केहि पलह गरेको पाइएको छैन । विस्थापित घरपरिवारको केहि स्थानिय विद्यालयमा बास र खाना (मेस)ले विद्यालयको पठन पाठन पनि अवरुद्ध भएको अवस्था छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ