2026-07-24 07:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

जिल्ला युवा परिषदको आयोजनामा अन्तरराष्ट्रिय युवा दिवस मनाइयो

लोकेन्द्र प्रशाद जोशी | साउन २८, दार्चुला । दार्चुला जिल्लामा एक कार्यक्रमका सहभागिहरुले युवासक्तीले स्वयम देखी परिवार र देशमा नै सान्ती स्थापनाकालागी भुमिका खेल्नुपर्नेमा युवासक्ती आफै तनाबमा रहेको भन्दै चिन्ता ब्यक्त गरेका छन । जिल्ला युवा परिषद दार्चुलाले अन्तरराष्ट्रिय युवा दिवस २०७४ को अबसरमा आयोजना गरेको कार्यक्रमका सहभागिले रोजगारी नै ठुलो कुरा नभएकोले आफैले स्वरोजगारी शृजना गर्नसक्नुपर्नेमा जोड दिएका हुन ।

कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी सिहले अहिले हाम्रो समाजमा बुढापाखाले काम गर्ने तर हातमा बल र पाखुरीमा सामथ्र्य भएका युवासक्ती कुलतमा फसीरहेको, अनाबश्यक काममा फजुल समय खर्च गरीरहेको भन्दै यसरी देशको बिकास र समृद्धि सम्भब नभएको बताउँनुभएको छ ।

नेपाल देश युवा सक्तीको धनी भएपनि गर्नेहरु सबै बिदेशीने र स्वदेशमा रहेकाहरुले स्वरोजगारमा ध्यान दिननसक्दा साथै राज्यले युवासक्तीको उपयोग गर्न नसकेको भन्दै दुखेसो गर्नुभएको छ ।

अहिले १६ लाख २४ हजार बढी युवा रोजगारीको खोजिमा बिदेशीको उदाहरण दिदै उहाले यसरी देशको बिकास सम्भब नभइरहेको बिचार ब्यक्त गर्नुभएको छ ।

कार्यक्रमका अध्यक्षसमेत रहेका जिल्ला युवा परिषदका अध्यक्ष खडक सिह बडालले युवाहरुले स्वरोजगारमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । स्वरोजगार गर्न चाहाने युवाहरुलाइ जिल्ला युवा परिषदले समेत सहयोग गर्न तयार रहेको उहाले बताउँनुभयो ।

दिबसको अवसरमा सान्ती निमार्णमा युवाहरुको भुमिका बिषयक कबिता बाचन प्रतियोगिताको समेत आयोजना गरीएको छ । प्रतियोगितामा महेन्द्र नमुना माबि र दार्चुला बहुमुखी क्याम्पसका बिद्यार्थीहरुले सहगागिता जनाएका थिए । जसमा महेन्द्र नमुना माबिका गोबिन्द डडाल प्रथम, दार्चुला बहुमुखी क्याम्पसका इश्वरी बम द्धतिय, दिपमाला घर्ती तृतिय र अनिता महराले सान्तना स्थान प्राप्त गरेका छन । प्रतियोगितामा सहभागिलाइ नगद सहित प्रमाणपत्र प्रदान गरेर पुरुस्कृत गरीएको छ ।

कबिता बाचन प्रतियोगितामा सहभागिहरुले अहिले रहेका ब्याप्त बिकृति बिसङगति त्याग्दै सकारात्मक परिबर्तनको बाटोमा लम्कन युवाहरुलाइ आफ्ना सब्द शृजना मार्फत आह्वान समेत गरेका छन । कार्यक्रमको अन्त्यमा प्राद्यापक पदम बडालले ब्यङगात्मक शैलीमा अहिलेको बिकृत परिस्थीति र युवाको भुमिकालाइ समेत उठाउँदै ब्याङग्यात्मक कबिता प्रस्तुत गर्दै परिबर्तनकालागी युवासक्तीलाइ आह्वान गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक