2026-09-19 04:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा युवा परिषदको आयोजनामा अन्तराष्ट्रिय युवा दिवस मनाइयो

लोकेन्द्र प्रशाद जोशी/साउन २८, दार्चुला । दार्चुला जिल्लामा एक कार्यक्रमका सहभागिहरुले युवासक्तीले स्वयम देखी परिवार र देशमा नै सान्ती स्थापनाकालागी भुमिका खेल्नुपर्नेमा युवासक्ती आफै तनाबमा रहेको भन्दै चिन्ता ब्यक्त गरेका छन । 

जिल्ला युवा परिषद दार्चुलाले अन्तरराष्ट्रिय युवा दिवस २०७४ को अबसरमा आयोजना गरेको कार्यक्रमका सहभागिले रोजगारी नै ठुलो कुरा नभएकोले आफैले स्वरोजगारी शृजना गर्नसक्नुपर्नेमा जोड दिएका हुन ।

कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी सिहले अहिले हाम्रो समाजमा बुढापाखाले काम गर्ने तर हातमा बल र पाखुरीमा सामथ्र्य भएका युवासक्ती कुलतमा फसीरहेको, अनाबश्यक काममा फजुल समय खर्च गरीरहेको भन्दै यसरी देशको बिकास र समृद्धि सम्भब नभएको बताउँनुभएको छ ।

नेपाल देश युवा सक्तीको धनी भएपनि गर्नेहरु सबै बिदेशीने र स्वदेशमा रहेकाहरुले स्वरोजगारमा ध्यान दिननसक्दा साथै राज्यले युवासक्तीको उपयोग गर्न नसकेको भन्दै दुखेसो गर्नुभएको छ ।

अहिले १६ लाख २४ हजार बढी युवा रोजगारीको खोजिमा बिदेशीको उदाहरण दिदै उहाले यसरी देशको बिकास सम्भब नभइरहेको बिचार ब्यक्त गर्नुभएको छ ।

कार्यक्रमका अध्यक्षसमेत रहेका जिल्ला युवा परिषदका अध्यक्ष खडक सिह बडालले युवाहरुले स्वरोजगारमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । स्वरोजगार गर्न चाहाने युवाहरुलाइ जिल्ला युवा परिषदले समेत सहयोग गर्न तयार रहेको उहाले बताउँनुभयो ।

दिबसको अवसरमा सान्ती निमार्णमा युवाहरुको भुमिका बिषयक कबिता बाचन प्रतियोगिताको समेत आयोजना गरीएको छ । प्रतियोगितामा महेन्द्र नमुना माबि र दार्चुला बहुमुखी क्याम्पसका बिद्यार्थीहरुले सहगागिता जनाएका थिए । 

जसमा महेन्द्र नमुना माबिका गोबिन्द डडाल प्रथम, दार्चुला बहुमुखी क्याम्पसका इश्वरी बम द्धतिय, दिपमाला घर्ती तृतिय र अनिता महराले सान्तना स्थान प्राप्त गरेका छन । प्रतियोगितामा सहभागिलाइ नगद सहित प्रमाणपत्र प्रदान गरेर पुरुस्कृत गरीएको छ ।

कबिता बाचन प्रतियोगितामा सहभागिहरुले अहिले रहेका ब्याप्त बिकृति बिसङगति त्याग्दै सकारात्मक परिबर्तनको बाटोमा लम्कन युवाहरुलाइ आफ्ना सब्द शृजना मार्फत आह्वान समेत गरेका छन । 

कार्यक्रमको अन्त्यमा प्राद्यापक पदम बडालले ब्यङगात्मक शैलीमा अहिलेको बिकृत परिस्थीति र युवाको भुमिकालाइ समेत उठाउँदै ब्याङग्यात्मक कबिता प्रस्तुत गर्दै परिबर्तनकालागी युवासक्तीलाइ आह्वान गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई