साउन ३०, नवलपरासी । नवलपरासीस्थित नारायणी नदीमा पानीको बहाव घट्दै गएको छ ।

आइतबार राति खतराको संकेतनजिक पुगेको नारायणी नदीमा पानीको बहाव आज बिहानबाट "/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ३०, नवलपरासी । नवलपरासीस्थित नारायणी नदीमा पानीको बहाव घट्दै गएको छ ।

आइतबार राति खतराको संकेतनजिक पुगेको नारायणी नदीमा पानीको बहाव आज बिहानबाट "/>

२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीस्थित नारायणी नदिमा पानीको बहाव घट्दै, यस्तो छ पछिल्लो अपडेट

२०७४, ३० श्रावण सोमबार ०७:१२


साउन ३०, नवलपरासी । नवलपरासीस्थित नारायणी नदीमा पानीको बहाव घट्दै गएको छ ।

आइतबार राति खतराको संकेतनजिक पुगेको नारायणी नदीमा पानीको बहाव आज बिहानबाट विस्तारै घट्दै गएको छ । नदीमा पानीको बहाव ७ दशमलब तीन मिटर भएमा खतराको संकेत मानिन्छ । आइतबार राति करिब नदीमा पानीको बहाव ७ दशमलव तीन मिटर भए पनि बिहान झरेर करिब ५ दशमलब ८६ मिटर भएको नवलपरासीका प्रजिअ उदयबहादुर रानामगरले जानकारी दिनुभयो । 

नेपालको बाटो हँुदै जाने भारतीय नहर बन्द गरिएको छ भने गण्डक ब्यारेजका सबै ढोका खोलिएपछि नदीको बहाव विस्तारै कम हुँदै गएको छ । अहिले गण्डक ब्यारेजका सबै ढोका खोलिएको अवस्था छ । 

अहिले नारायणी नदी आसपासका क्षेत्रमा समस्या देखिएको छैन । यद्यपि, जिल्लामा हुनसक्ने अप्रिय घटनालाई ध्यानमा राखी राहत र उद्धारलाई तयारी अवस्थामा राखिएको प्रजिअ रानाले जानकारी दिनुभयो । 

बाढी आउने क्रम अझ बढ्दै भयो भने थप खतरा हुनसक्ने अनुमान गरिएको छ । नदीमा पानीको बहाव ८ दशमलव ४ मिटर पुगेमा उच्च जोखिम मानिन्छ । पहाडी क्षेत्रमा लगातार वर्षा हँुदा नारायणीमा पानीको बहाव खतराको संकेत नजिक पुगेको हो । 

यसैबीच वर्षाका कारण नवलपरासीको राजमार्ग क्षेत्रका बजार, सदरमुकाम परासीसहित जिल्लाको ग्रामीण क्षेत्रका गाउ‘मा स्थानीयवासी प्रभावित बनेका छन् । शहर केन्द्रितभन्दा ग्रामीण क्षेत्रमा वर्षाका कारण जनमानसको जीवनयापन थप कष्टकर बन्दै गएको छ 

नारायणी नदीका वन्यजन्तु फेला 

यसैगरी नवलपरासीस्थित नारायणी नदीका वन्यजन्तु फेला परेका छन् । कुनै जीवित अवस्थामा कुनै मृत अवस्थामा फेला परेका हुन् । 

नारायणी नदीमा पानीको बहाव बढ्दै गएपछि गँैडा, मृग, हरिण, जरायो, बंँदेल, स्यालजस्ता वन्यजन्तु फेला परेका हुन् । 

नारायणीमा बढदै गएको पानीमा बग्दै आएको एक गंैँडा नारायणी नदीको १६ नम्बर ठोकरमा बाहिर निस्किन सफल भएको छ । जीवित फेला परेका वन्यजन्तुलाई प्रहरीमा बुझाइएको छ । 

ती सबै जनावर वर्षाको भेलका कारण राष्ट्रिय निकुन्जबाट पानीले बगाएर नारायणी नदी ल्याएका हुन् । तर कति संख्यामा वन्यजन्तु बगाएर ल्याएको कुनै यकिन तथ्यांक भने छैन् । 

सो गैँडा नर्सहीस्थित उखुबारीमा बसेको स्थानीयवासी आरपी उपाध्यायले जानकारी दिनुभयो । उपाध्यायका अनुसार यसबाहेक मृग, हरिण, जरायो, बँदेल, स्यालजस्ता वन्यजन्तु फेला परेका छन् केही वन्यजन्तु मरेको अवस्थामा नदीमा देखिने गरेको पाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ