साउन ३०, बनेपा । आफ्नै घरमा मृत भेटिएका एकै परिवारका चार जनाको हत्या नभर्इ आत्महत्या गरेको प्रहरी अनुसन्धानले देखाएका छन् ।

काभ्रेका प्रहरी उपरीक्षक स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ३०, बनेपा । आफ्नै घरमा मृत भेटिएका एकै परिवारका चार जनाको हत्या नभर्इ आत्महत्या गरेको प्रहरी अनुसन्धानले देखाएका छन् ।

काभ्रेका प्रहरी उपरीक्षक स"/>

2026-09-19 02:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बनेपामा एकै परिवारका चारको मृत्युः हत्या नभर्इ आत्महत्या


साउन ३०, बनेपा । आफ्नै घरमा मृत भेटिएका एकै परिवारका चार जनाको हत्या नभर्इ आत्महत्या गरेको प्रहरी अनुसन्धानले देखाएका छन् ।

काभ्रेका प्रहरी उपरीक्षक सहदेव थापाले शव परीक्षणबाट आत्महत्या भएको देखिएको तर, विस्तृत विवरणका लागि भिसेरा रिर्पोट पर्खनुपर्ने बताए । शवको परीक्षण लगत्तै ललितपुरस्थित विधिविज्ञान प्रयोगशाला, खुमलटारमा भिसेरा परीक्षण गर्न लागिएको र अबको केही दिनमै त्यसको प्रतिवेदन आउने उनले बताए ।

भिसेरा परीक्षणबाट सेल्फस नामक विषादी हो वा होइन ? कुन समयमा खाएका हुन् ? हरेकले कुन समयमा खाए ? एकै पटक खाएको हो वा हैन ? भन्ने विस्तृत विवरण प्राप्त हुनेछ । काभ्रेका प्रहरी उपरीक्षक थापाले भने, ‘अहिलेसम्मको प्रहरी अनुसन्धानले हत्या भएको देखिँदैन ।’

बनेपा–८ स्थित बसपार्कमा रहेको गौतम भोजनालयमा ६५ वर्षीय हरिभक्त दाहाल, ६० वर्षीया हरिमाया दाहाल, ३२ वर्षीय राजाराम दाहाल र २५ वर्षीया रञ्जना दाहाल साउन ६ गते मृत अवस्थामा फेला परेका थिए ।

तर, स्थानीय बासिन्दाले घटना रहस्मय भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । सम्पत्ति र घरायसी विवादका कारण उनीहरुले सामूहिक आत्महत्या गरेको आशंका गरिएको छ ।

मृत फेला परेका बुबाआमा, छोरा र छोरी हुन् । शव रहेको कोठाको भित्रबाट ताल्चा लगाइएको र सेल्फस नामक विषादीको शिशी प्रहरीले घटनास्थलबाट फेला पारेको थियो । घटनाको थप अनुसन्धान अपराध अनुसन्धान ब्यूरोले गर्दैछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई