साउन ३१, राजविराज । सप्तरीको कृष्णा सवरण गाउँपालिका वडा नं २ स्थित गैडी पुलमा सोमबार एक नवजात शिशु मृत फेला परेका छन् । 

रुपनी गाउँपालिका वडा नं ६ बस्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, राजविराज । सप्तरीको कृष्णा सवरण गाउँपालिका वडा नं २ स्थित गैडी पुलमा सोमबार एक नवजात शिशु मृत फेला परेका छन् । 

रुपनी गाउँपालिका वडा नं ६ बस्"/>

२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवजात शिशु मृत फेला, कोशी नदीमा बालकको शव

२०७४, ३१ श्रावण मंगलवार ०२:०५

साउन ३१, राजविराज । सप्तरीको कृष्णा सवरण गाउँपालिका वडा नं २ स्थित गैडी पुलमा सोमबार एक नवजात शिशु मृत फेला परेका छन् । 

रुपनी गाउँपालिका वडा नं ६ बस्ने सरस्वतीदेवी साहले भर्खरै जन्माएको शिशु सो खोलामा फ्याँकिएको अवस्थामा शव बरामद भएको इलाका प्रहरी कार्यालय, रुपनीले जनाएको छ । 

खोलामा शिशुको शव देखेर स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गर्दा शिशु फाल्ने व्यक्तिको पहिचान भएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताउनुभयो । स्थानीय स्वास्थ्य चौकी, सीतापुरमा राति करिब १२ बजे सरस्वती सुत्केरी भई शिशुलाई सकुसल घर लगेकी थिइन् । 

शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल, राजविराजमा ल्याइएको र घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको तथा घटनाबारे अनुसन्धान भइरहेको प्रनाउ उप्रेतीले भन्नुभयो । 

यस्तै, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित कोशी नदीमा पनि एक बालकको शव फेला परेको छ । 

स्थानीयवासी आठ वर्षीय कमल सदा मृत फेला परेका छन् । पानीमा तैरिरहेको अवस्थामा शव फेला परेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ