२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको सुस्तामा अहिले सम्म राहात गएन

२०७४, ३१ श्रावण मंगलवार ११:२४

श्याम थापा/साउन ३१, नवलपरासी । नवलपरासी जिल्लाको ऐतिहासिक ठाउँ सुस्तामा अहिले सम्म राहात नगएको स्थानियहरुले बताएका छन । 

लगातारको अबिरल बर्षाको कारणले गर्दा सुस्ता गाउँ डुबानमा परेको हो । डुबानमा परेर सुस्ता स्थानियबासीहरुको धनजनको क्षति भएको छ । भने खाद्धन्न साम्रगी,भौतिक तथा पशु चौपायाहरुको क्षति भएको हो । 

यति खेर सुस्ताका स्थानियबासीहरु कतै हिडडुल गर्न पनि पाइरहेको छैन र सुस्ता भुमीमा जानको लागी दुई वटा मात्र बाटो रहेको एउटा बाटो भारतको बिहार राज्यको भुमी प्रयोग गर्न पर्छ भने एउटा बाटो नारायणी नदिको प्रयोग गर्नु पर्छ । 

नारायणी नदिमा पानीको बाहाब बढे पछि स्थानियबासीहरु डुबानमा र हिडडुल गर्नलाई सास्ती भएको सुस्ता बचाउँ अभियानका अध्यक्ष गोपाल गुरुङ्गले बताउनु भयो । सुस्ताका स्थानियबासीहरुको खाने कुराहरु र लाउने लताकपडाहरु सबै रुझेपछि राहात काहाबाट कस्ले दिने हो र कस्ले दिन आउने हो भनेर बाटो हेरेर बसेका छन । 

बिभिन्न सघंसस्थाहरुले ठाउँ ठाउँमा राहात बितरण गरेतानि हाल सम्म सुस्तामा कुनै किसिमको राहात नआईपुगेको स्थानिय ओमप्रकाश जैयसवालले बताउनु भयो । साथै आफुहरुलाई नेपाली प्रशासनको ध्यान पनि नदिएको र सुस्ताबासीहरुलाई भारतिय सैनिकहरुले हेलिक्पटर बाट उद्धार गरेको स्थानियबासीहरुले बताउनु भएको छ । 

सुस्ता यति खेर नवलपरासी जिल्लाको सुस्ता गाउँपालिकाको वडा न.५ मा पर्ने गर्दछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना