२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

विद्यार्थी हत्याको छानबिनको माग गर्दै क्याम्पसमा तालाबन्दी

२०७४, ३२ श्रावण बुधबार ०४:०३

साउन ३२, भीमदत्तनगर | नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मंगलबार कञ्चनपुरको भीमदत्तनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसको प्रशासन कक्षमा तालाबन्दी गरेको छ । 

शनिबार बिहान क्याम्पस परिसरमा रहेको विद्यार्थी छात्राबासमा बिएस्सी चौथो वर्षमा अध्ययनरत विद्यार्थी डम्बर जाग्रीको रहस्यमय ढंगबाट हत्या गरिएको दाबी गर्दै अखिल क्रान्तिकारीले घटनाको यथातत्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन दबाब दिन क्याम्पस प्रशासनमा तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष वीरेन्द्रराज विष्टले बताउनुभयो । 

उहाँले घटना सुनियोजित भएको भन्दै विद्यार्थी हत्याको छानबिन नहुँदासम्म दबाब दिने जानकारी दिनुभयो । 

त्यसैगरी क्याम्पस प्रशासनसँग क्रान्तिकारी विद्यार्थी संगठनले जीर्ण अवस्थामा रहेको छात्राबासको मर्मत सम्भार गर्नसमेत माग गरेका छन् । अखिल क्रान्तिकारीका जिल्ला कमिटी सदस्य तथा पूर्व सिद्धनाथ विज्ञान क्याम्पस एकाइ कमिटी अध्यक्षसमेत रहेका मृतक जाग्रीको शव शनिबार बिहान छात्राबासमा घाँटी रेटिएको अवस्थामा भेटिएको थियो । 

घटनालगत्तै सुक्ष्म अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाको छानबिनका क्रममा तालीम प्राप्त कुकुर प्रयोगदेखि घटनामा संलग्नताको आशंकामा नियन्त्रणमा लिएका केही व्यक्तिको छानबिनमा पोलिग्राफ मेसिनको समेत प्रयोग गरेको छ । प्रहरीले हालसम्मको घटनास्थलदेखि विवरणसम्म हेर्दा जाग्रीको हत्याभन्दा आत्महत्या हुनसक्नेतर्फ बढी संकेत गरिरहेको छ । 

त्यसैगरी अखिल क्रान्तिकारी कञ्चनपुरले मंगलबार मृतक जाग्रीको निधनको शोकमा भीमदत्तनगरमा शोकसभाको आयोजना समेत गरेको छ । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ घर भएका विद्यार्थी जाग्री विज्ञान क्याम्पसमा अध्ययनसँगै केही समययता चमेनागृहसमेत सञ्चालन गर्दै आएका थिए । मृतक जाग्रीको सोमबार महाकाली नदीमा अन्त्येष्टि गरिएको थियो । 

त्यसैगरी सिद्धनाथ विज्ञान क्याम्पसका अध्यापन गराउँदै आएका प्राध्यापकले रु २० हजार र यहाँस्थित रेडियन्ट उमाविले रु १० हजार गरी जम्मा रु ३० हजार आर्थिक सहयोग गरेको अखिल क्रान्तिकारीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु