साउन ३२, परासी । नवलपरासीका बाढीपिडित परिवारहरुलाई उद्योग वाणिज्य संघ नवलपरासीद्धारा राहत वितरण गरिएको छ । 

जिल्लामा दुई पटक आएको ठुलो बाढीले करि"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ३२, परासी । नवलपरासीका बाढीपिडित परिवारहरुलाई उद्योग वाणिज्य संघ नवलपरासीद्धारा राहत वितरण गरिएको छ । 

जिल्लामा दुई पटक आएको ठुलो बाढीले करि"/>

२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका बाढीपिडितलाई उद्योग वाणिज्य संघद्धारा राहत वितरण

२०७४, ३२ श्रावण बुधबार ०८:०८


साउन ३२, परासी । नवलपरासीका बाढीपिडित परिवारहरुलाई उद्योग वाणिज्य संघ नवलपरासीद्धारा राहत वितरण गरिएको छ । 

जिल्लामा दुई पटक आएको ठुलो बाढीले करिब ५ हजार घर डुबानमा परेका छन् भने दुई हजार परिवार विस्थापित हुन पुगेका छन्  । बाढीले ग्रामिण क्षेत्रका २ सय भन्दा बढि माटो र छाप्रोका घरहरुमा पुर्ण क्षति भई विस्थापित भएका छन् । 

बाढीले विस्थापित घरधुरी र परिवारहरु स्थानिय विद्यालय, आश्रम, कुटी मन्दिर र सुरक्षित ठाउँमा त्रिपाल गाडेर बास बस्दै आएका छन् । विस्थापित र प्रभावित ४ सय घरपरिवारलाई उद्योग वाणिज्य संघले चाउचाउ, विस्किट, फुरनदाना, कपडालत्ता, बाल्टी, त्रिपाल, झुल, मिनरल वाटर, पिउस लगायतका सामाग्रीहरु वितरण गरेको संघका कार्यबाहक अध्यक्ष नगेन्द्र अग्रहरीले बताउनु भयो ।   

जिल्लाको ग्रामिण क्षेत्रका प्रतापपुर गाउँपलिकाको वार्ड नं. ३ स्थित नन्दपुर, अमहवाँ, बरगदवा, वार्ड नं ८ स्थित फटकी टोल, सरवाल गाउँपालिकाको वार्ड नं. ६ का रामपुर खडौना, मधवलिया, पुसौली, वार्ड नं ७ का भुजहवाँ, पाल्हीनन्दनका शंकरपुर, सुस्ताको फेनहरा, सेखुवानी, सकरडिनही मुसहर टोल लगायतका गाउँटोलहरु बाढीले डुबामा परि बढि प्रभावित भएको जिल्ला प्रशासनले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ