2026-10-14 12:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सूदूरपश्चिममा ‘वल्के चाड’ हर्षोल्लासपूर्वक मनाइँदै

भदौ १, धनगढी । पिंडालुको कलिलो पात, दूध र दही सगुनको रुपमा छर छिमेकीलाई बाँडेर बुधबारदेखि सुदूरपश्चिम ७ नम्बर प्रदेशमा ‘वल्के चाड’ हर्षोल्लासपूर्वक मनाइँदैछ । 

साउन मसान्ती र भाद्र संक्रान्ति गरी दुई दिन मनाइने यो चाडको पहिलो दिन हिजो प्रत्येक घरमा मीठोमीठो खानाका स्थानीय परिकार पकाउन गृहणीलाई भ्याइनभ्याइ भएको थियो । काम विशेषले घर बाहिर रहेका पनि वल्के चाड मनाउन आआफ्ना घरमा फर्किन थालेका छन् । 

आफ्ना मान्यजन, इष्टमित्र, छर छिमेकीलाई सगुनका रुपमा पिंडालुको ‘गाभा’ अर्थात् कलिलो पात, हरियो साग, दूध, दही दिएर सम्मान गर्ने र आशीर्वाद साटासाट गर्ने विशिष्ट खालको मौलिक परम्परा यस क्षेत्रमा शताब्दियौँदेखि रहिआएको छ । 

वल्के चाडका दिन विवाहिता छोरीलाई माइतीघरमा आमन्त्रण गरी लाउन, बावर, माणा, निसौसे, गतानी, डुब्कालगायतका स्थानीय खानाका मीठो परिकार पकाएर खुवाउने र खाने प्रचलन छ । 

वल्के चाडमा भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिँधेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रंगाई रमाइलो गर्ने गरिन्छ । 

यसरी पिँधेर लगाइएको भँगेरीको लेदोबाट हत्केला र खुट्टाको औँलाको छाला रातो हुने भई यसले वर्षात्को मौसममा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने छालासम्बन्धी रोगको संक्रमणबाट बच्न सकिने जनविश्वास रहेको छ । 

रोगको संक्रमणबाट बच्न हातखुट्टा रंगाइने हुँदा यो चाडलाई शरीरबाट ‘लुतो फाल्ने’ चाडका रुपमा समेत लिइने गरिन्छ । यो पर्वका बेला ७ नम्बर प्रदेशमा स्थानीय बिदा दिनुपर्ने आवाज उठ्दै आए पनि सरकारले सुनुवाइ नगरेको गुनासो रहेको छ । 

शदियौँदेखि मनाइँदै आइएको यो चाडको रौनक र महत्वका बारेमा पाको उमेरका व्यक्ति जानकार रहे पनि नयाँ पिँढीका युवायुवतीमाझ भने यो चाडले प्राथमिकता पाउन छाडेको वल्के चाड मनाउँदै आउनुभएका हरिहर जोशी बताउनुहुन्छ । 

फलस्वरुप सुदूरपश्चिमका मौलिक संस्कृतिका वल्के जस्ता थुप्रै चाडपर्वको मौलिकतानै हराउन थालेकोमा डोटेली समुदायमा चिन्ता व्यक्त गर्न थालिएको छ । 

पश्चिमा संस्कृतिको बढ्दो प्रभावको फलस्वरुप नेपाली समाजमा शदियौँदेखि मनाइँदै आएका कतिपय चाडपर्व विस्तारै हराउन थालेको भन्दै डोटेली संस्कृतिप्रेमी आफ्नो ऐतिहासिक सभ्यता र संस्कृतिको पहिचान बोकेका यस्ता चाडपर्वको संरक्षणका लागि सरोकारवालाले जाग्नुपर्ने समय आएको बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव