2026-09-19 03:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

ज्यानको भिख माग्दै रामेछापका विनोद

विष्णु खड्का/ भदौ २, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका कुभुकास्थली बाम्दे्र घर बताउने अन्दाजी ४९ वर्षीय विनोद बस्नेत शारीरिक अशक्तताका कारण काठमाडाँैमा एउटा होटलमा काम गर्दै गरेर गुजारा चलाउँदै आउनुभएकोमा जागिरबाट निकालिनुभयो । 

आफूसँग भएजति पैसाले उपचार गर्दागर्दै पैसा सकिएपछि कति दिन उहाँले सडकमा भोकै र नांगै बास बस्नुपरेको पीडित बस्नेतले बताउनुभयो । टाउकोमा चोट, खुट्टामा चोट, र खुट्टा पूरै सुन्निएका कारण चल्न चट्पटाउनसमेत नसकेको अवस्थामा मानवअधिकारकर्मी तथा सामाजिक अभियानकर्ता दुर्गानाथ दाहाल उहाँका लागि उद्दारक बन्नुभयो । 

साउन २८ गते काठमाडाँैस्थित गौशालाको रातोपुलको छेउमा पूरै खुट्टा सुन्निएर र अन्य रोगले समेत ग्रसित भएर कसैको सहारा नपाई सडकको सहारा लिँदै ‘मलाई बचाइदिनुस्’ भन्दै बस्नुभएका बस्नेतको अवस्था देखेपछि परोपकारी समाजसेवी तथा मानव अधिकारकर्मी दुर्गानाथ दाहालको मन पग्लियो र सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको लागि दाहालले पु¥याउनुभयो । 

तर शनिबार भएको र त्यहाँ कुरुवा र आफन्त नभएपछि अस्पतालले बिरामी भर्ना गर्न नमानेपछि दुर्गानाथलाई थप समस्या भयो । कतिको ज्यान बचाउँदै आउनुभएका दुर्गानाथलाई यो समस्याबाट आफू कतिपनि विचलित नभई यस्तो अवस्था देखेपछि उहाँले प्रहरी रिपोर्ट बनाई मानवसेवा आश्रम, ललितपुर पु¥याउनुभयो । 

त्यसपछि त्यही आश्रममा डाक्टर बोलाई उपचार गर्दा डाक्टरले कलेजोको खराबी देखाएपछि दाहाल र धर्मप्रसाद पौडेलले ललितपुरको सुमेरु अस्पतालमा लगेर उपचार गराउन लगेको र डा बाबुराम पोखरेलले रगतको कारणले कलेजोमा समस्या भएको भन्दै तीन दिनसम्म औषधि गरी उहाँलाई अहिले थप उपचार गर्नुपर्ने देखिएको र यस्तो अवस्थामा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । 

रामेछापको कुभुकास्थली हालको उमाकुण्ड गाउँपालिका वडा नं ३ बाम्द्रे उहाँको स्थायी घर भएको बस्नेत बताउनुहुन्छ । तर लामो समयसम्म काठमाडौँमा बसेको र पारिवारिक सम्बन्ध त्यति राम्रो नभएको पनि पीडितबाट बुझिएको छ । 

अहिले पीडित विनोद भने आश्रम र परोपकारी सामाजिक अभियानकर्ता दुर्गानाथको शरणमा हुनुहुन्छ भने सबैको सहयोग मिले आफू कुनै बृद्वाश्रममा नबसी आफैँ कमाएर जीवन चलाउन सक्ने बताउनुहुन्छ । 

उता मानवअधिकारकर्मी दाहालले उहाँको शारीरिक अवस्थाको बारेमा विनोदकी बहिनी कमला बस्नेतलाई पनि जानकारी गराएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई