पढ्न करिब 1 मिनेट लाग्छ

विमल धामी/भदौं २, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र साविक रौतेली विचवा र शुक्लाफाँटा आरक्षको विचमा पर्ने चौधर नदी नियन्त्रणका लागि बेल्डाँडीमा संघर्ष समिति गठन भएको छ ।

बेल्डाँडीका युवा नेता जनक धामीको नेतृत्वमा १७ सदस्यीय संघर्ष समिति गठन भएको छ । आदि काल देखिनै चौधर खोलाले जनधनको क्षति गरेको भन्दै समिति गठन गरेको संघर्ष समितिका संयोजक धामीले जानकारी गराउनु भयो । चौधर खोलाले धेरैलार्ई विस्तापित गरेको र आजका मिति सम्म यहाँ कसैैको ध्यान नपुगेको भन्दै समिति गठन गरेर अगाडी बढ्नु पर्ने उनको जोड रहेको छ ।

अहिले सम्म चौधर खोलोका नामले बेदकोट क्षेत्रमा मात्र लागानी गरेको पाईएको छ । स्थानीय जनताले बारम बार चौधर खोला नियन्त्रणका लागि पहल गर्दा समेत सम्वन्धित निकायले ध्यान नदिएको भन्दै स्थानीयहरुले आरोप लगाएका छन् ।

चौधर खोला नियन्त्रण संघर्ष समितिले चौधर खोलाका लागि गुरु योजना, डाइभर्सन या जनताको तटबन्ध कार्यक्रम ल्याउनेमा जोड गर्ने छ ।