नन्दराम जैशी/भदौ ३, जुम्ला । जुम्लाका सरकारी कार्यालय प्रमुख तथा सूचना अधिकारीहरुले नागरीकलाइ सूचनाको हकको प्रत्याभूति दिलाउने प्रतिबद्धता जनाएका छन् । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/भदौ ३, जुम्ला । जुम्लाका सरकारी कार्यालय प्रमुख तथा सूचना अधिकारीहरुले नागरीकलाइ सूचनाको हकको प्रत्याभूति दिलाउने प्रतिबद्धता जनाएका छन् । "/>

2026-08-29 01:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

नागरीकलाई सूचनाको हकको प्रत्याभूति दिलाउने प्रतिबद्धता


नन्दराम जैशी/भदौ ३, जुम्ला । जुम्लाका सरकारी कार्यालय प्रमुख तथा सूचना अधिकारीहरुले नागरीकलाइ सूचनाको हकको प्रत्याभूति दिलाउने प्रतिबद्धता जनाएका छन् । 

१० औ राष्टिय सुचना दिवसको अवसरमा जुम्लामा शुक्रबार सम्पन्न भएको एक अन्र्तक्रिया कार्यक्रममा सहभागि जुम्लाका कार्यालय प्रमुख तथा सूचना अधिकारीहरुले नागरीकलाइ सुचनाको हकको प्रत्याभुति दिलाउने बताएका हुन् । 

सूचनाको हकसम्बन्धी ऐन र नियमावली बमोजिम प्रत्येक कार्यालयले सूचना माग सम्बन्धी निवेदनको छुट्टै दर्ता किताब र फाइल खडा गरी सूचना माग भएको र प्रवाह भएको विवरण अद्यावधिक गर्ने जुम्लाका सरकारी कार्यालयमा कार्यरत सुचना अधिकारीहरुको भनाइ छ । 

नागरीकको निबेदन अनुसार दिन मिल्ने सुचनामा कुनै ढिलासुस्ती नहुने दावि गर्दै दिन नमिल्ने सुचना माग्ने कार्यमा दबाब नदिन जिल्ला कृषि विकास कार्यालयका सुचना अधिकारी बालकराम देबकोटाले आग्रह गर्नुभयो ।    

अन्र्तक्रियामा सहभागि पत्रकार तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सूचना अधिकारीको मासिक बैठक बसि सुचना प्रवाहको बिषयमा छलफल गरी निष्कर्ष निकाल्नु पर्ने बताएका थिए ।

पत्रकार महासंघ जुम्लाका उपाअध्यक्ष नेत्र बहादुर शाहिले प्रत्येक तीन (तीन महिनामा सूचना अधिकारीको सामूहिक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सूचना लिने र दिने संस्कृतिको विकास गर्दै पारदर्शिता, जवाफदेहिता र सुशासन कायम गर्नु पर्नेमा जोड दिनुभयो । 

स्थानिय हरीहर चौलागाँइले सरकारी कार्यालय तथा अन्य सेवाप्रदायक संस्थाले नागरिकलाई सहज सूचना प्रवाह गर्नुपर्ने तर्क गर्नुभयो । जुम्लाका सुचना अधिकारीहरुले सुचना प्रवाहमा प्रभावकारी भुमिका खेल्नुपर्ने, मिडियालाइ समानुपातिक सुचना प्रवाह हुनुपर्ने, अपारदर्शि कामको कमजोरी छिपाउन सुचना लुकाउन नहुने लगाएतका बिषयमा अन्र्तक्रियामा प्रश्न उठेका थिए ।    

सोहि अवसरमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले सरकारको काम खुला र पारदर्शी बनाउँदै सरकारी तथा सार्वजनिक निकायलाई नागरिकप्रति जवाफदेही बनाउन सूचनाको हक सम्बन्धी ऐन आएको बताउनुभयो । सूचनामा आम नागरिकको पहुँच सजिलोसँग र्पुयाउँदै नागरिकको सुसूचित हुने हक संरक्षण गर्न सबै सुचना अधिकारी, संचारकर्मि, पत्रकार तथा अन्य सार्वजनिक निकायलाइ उहाँको अनुरोध छ । 

आगामि दिनमा सरकारी निकायले प्रत्येक महिनामा आफ्ना कार्यालयका गतिविधि सार्वजनिक गर्नुपर्ने उहाको भनाइ छ । संचारकर्मि पत्रकारहरुलाइ आम नागरीकको भलाइ हुने गरी सत्य, तथ्य र प्रमाणमा आधारीत रहेर सहि सुचना समयमै प्रवाह गर्न प्रजिअ सापकोटाले अपिल गर्नुभयो । 

जिल्ला समन्वय समितिका कार्यबहाक अध्यक्ष कार्मा बुढाले जिल्ला समन्वय समितिबाट हुने सुचना प्रवाहमा कुनै पनि कमजोरी नहुने भन्दै सहि सुचना माग्न सबैलाइ अपिल गर्नुभयो । साथै उहाले सोहि अवसरमा जिल्लाको विकासका लागि समयमै र सहि सुचना प्रवाह हुन आवाश्यक रहेको औल्याउनुभयो । विकासे काममा सबैलाइ साझेदारी गर्न अनुरोध गर्दै कसैले पनि सुचना लुकाउन नहुने उहाले तर्कगर्नुभयो ।      

  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह