पर्वत ।  तीजको रौनक नजिकिदै छ । दिदीबहिनी भएका दाजुभाइहरु दिदीबहिनीहरुलाई घरमा बोलाएर मिठा परिकार सहित माया प्रेम र स्नेह साटसाट गरेका छन् ।  शहर बजारमा दिदीबहिनीहरु जम्मा भएर दर खाने कार्यक्रमको आयोजना गरेर रमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।  तीजको रौनक नजिकिदै छ । दिदीबहिनी भएका दाजुभाइहरु दिदीबहिनीहरुलाई घरमा बोलाएर मिठा परिकार सहित माया प्रेम र स्नेह साटसाट गरेका छन् ।  शहर बजारमा दिदीबहिनीहरु जम्मा भएर दर खाने कार्यक्रमको आयोजना गरेर रमा"/>
2026-09-19 03:34 PM
पर्बत - PBT

कैदीबन्दीलाई सिसेफ महिला समुहले दर खुवायो

पर्वत ।  तीजको रौनक नजिकिदै छ । दिदीबहिनी भएका दाजुभाइहरु दिदीबहिनीहरुलाई घरमा बोलाएर मिठा परिकार सहित माया प्रेम र स्नेह साटसाट गरेका छन् ।  शहर बजारमा दिदीबहिनीहरु जम्मा भएर दर खाने कार्यक्रमको आयोजना गरेर रमाइलो गरीरहेका छन् । 

हुनेखानेका लागि  तीज महिनौ दिनसम्म चल्छ तर हुदाँ खानेहरुको लागि भने तीज खल्नोनै छ । गाउँघरमा दिदीबहिनी माइती घरमा ल्याउनको लागि दाजुभाइहरु जुट्न थालेका छन् । गाउँको परिवेश पनि यतिबेला तीजमय बन्दै गएको छ । 

शहरमा तीज आउनुभन्दा एक महिनादेखिनै दिदीबहीनीहरु जम्मा भएर दर खाने, नाच्ने गाउँने गर्छन । जून पछिल्लो समयमा निकै भड्कीलो र कुुुुसंस्कारका रुपमा पनि विकशित पनि भएको छ । तीज पर्व हिन्दु नारीहरुको महान् चाड हो । चाडलाई चाडको रुपमा मनाउनुपर्छ । पछिल्लो समयमा तीजमा भित्रिएको विकृतिले समाजलाई कुसंस्कारको बाटोमा लैजादै छ यस बारेमा संस्कृतविदहरु समेत लाग्नुपर्ने देखिन्छ ।

पर्वतमा तीज नजिकिएसँगै महिला दिदीबहिनीहरु सामुहिक दर खाने कार्यक्रममा निकै व्यवस्त हुन थालेका छन् । यसैविच सामाजीक क्षेत्रमा क्रियाशिल सिसेफ महिला समुहले जिल्ला कारागारमा रहेका महिला कैदी बन्दीलाई दर खुबाएको छ ।   कारागार     परिसरमै कारगारमा रहेका महिला बन्दीहरुलाई दर खुवाईएको हो ।

महिला बन्दी गृहमा महिलाहरूलाई दर खुवाउनुका साथै बन्दी महिलाहरुलाई तिजको झल्को मेटाउने काम गरेको सिसेफ महिला समुहकी अध्यक्ष ईश्वरी पाठकले       बताइन् । कैदबन्द हुनु भनेको स्वतन्त्र नहुनु हो । स्वतन्त्र भएका दिदीबहिनीहरुले जसोतसो तीजमा दर खाए मनाउने गर्छन तर कैद जीवन विताएका महिला दिदीबहिनीहरुलाई यो अबसर मिल्दैन त्यसैले हामीले कैद जीवन विताएका दिदीबहिनीहरुलाई पनि दर खुवाउ र माइतीको झल्को मेटाउन भन्नेको लागि दर खुवाउने कार्यक्रमको आयोजना गरिएको हो उनले भनिन् ।

दर खुवाउने कार्यक्रमकका अवसरमा बोल्दै कुश्मा नगरपालिका वडा नम्बर ५ कि वडा अध्यक्ष चित्रकला भारतीले विभिन्न कारणले जेल जिवन बिताउन बाध्य भएका महिलाहरूसँग शुभकामना साटासाट गर्न र आत्मीयता बढाउन यस्ता कार्यक्रमले प्रभावकारी भूमिका निर्वाह गर्ने बताइन् । महिला बन्दीहरुलाई आफ्ना दिदीवहिनी सम्झेर दरखुवाउने कार्यक्रम राखेकामा उनले महिला समुहलाई धन्यबाद समेत ज्ञापन गरिन् ।

सिसेफ महिला समुहले गत बर्ष पनि महिला बन्दीहरुलाई दर खुबाएर महिलाहरुको झल्को मेटाउने काम गरेको र यसलाई सधै  निरन्तरता दिईरहने महिला समुहकी सचिब कामना रेग्मीले बताइन ।

पर्व मनाउन पाउनु सबैको अधिकार भएकोले बाहिर निस्केर तिज मनाउन नपाएका महिलाहरूसँग खुसि साटासाट गर्न कार्यक्रम आयोजना गरिनु फलदायि रहेको सिसेफ नेपालका अध्यक्ष थम नारायण पौडेलले बताए  ।

एकता युवा क्लबले पनि तीजकै अबसर पारि जिल्लामा बृहत दर खाने कार्यक्रमको आयोजना गरेको थियो । सोही कार्यक्रममा नारी सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै