पर्वत । सरकारले आगामी प्रदेशसभा र प्रतिनिधि सभामा छुटेका मतदाताहरुलाई पनि सहभागी बनाउने उदेश्यले पुन मतदाता संकलन अभियान थालेको थियो । गत साउन १६ देखि शुरु भएको मतदाता नामवली संकलनमा जिल्लामा झण्डै ८ हजार नागरीकले आफ्नो न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । सरकारले आगामी प्रदेशसभा र प्रतिनिधि सभामा छुटेका मतदाताहरुलाई पनि सहभागी बनाउने उदेश्यले पुन मतदाता संकलन अभियान थालेको थियो । गत साउन १६ देखि शुरु भएको मतदाता नामवली संकलनमा जिल्लामा झण्डै ८ हजार नागरीकले आफ्नो न"/>
2026-09-19 03:33 PM
पर्बत - PBT

पर्वतमा झण्डै ८ हजार मतादाता थपिए, सवैभन्दा बढी मोदी गाउँपालिका

पर्वत । सरकारले आगामी प्रदेशसभा र प्रतिनिधि सभामा छुटेका मतदाताहरुलाई पनि सहभागी बनाउने उदेश्यले पुन मतदाता संकलन अभियान थालेको थियो । गत साउन १६ देखि शुरु भएको मतदाता नामवली संकलनमा जिल्लामा झण्डै ८ हजार नागरीकले आफ्नो नाम दर्ता गराएका छन् ।

पहिले जिल्ला निर्वाचन कार्यलयबाटनै मतदाता नामवली संकलन गर्ने आयोगले तयारी गरेता पनि सरकारले स्थानीय तहमार्फतनै नामवली संकलन गर्ने निर्देशन दिएपछि स्थानीय तहबाटनै नामवली संकलन थालिएको थियो । पर्वतका सातवटा स्थानीय तहबाट ८ हजारले फोटो सहितको मतदाता नामवलीमा नाम दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय पर्वतले जनाएको छ ।

सात वटा स्थानीय तहबाट ७ हजार ८ सय ८९ जना मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ । जसमध्ये ३ हजार ८ सय ३५ महिला र ४ हजार ५४ पुरुष गरी जम्मा ७ हजार ८ सय ८९ जना मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए ।

यसमध्ये सबैभन्दा धेरै मोदी गाउँपालिकामा नयाँ मतदाता थपिएका छन् भने सबैभन्दा कम महाशिला गाउँपालिकामा रहेका छन् । 

मोदी गाउँपालिकामा महिला ५ सय ४ र पुरुष ५ सय ३ गरी जम्मा १ हजार ७ जना नयाँ मतदाता थपिएका हुन भने महाशिला गाउँपालिकामा महिला १ सय ४० र पुरुष १ सय ४९ गरी जम्मा २ सय ८९ मतदाता थपिएका हुन ।

त्यस्तै अन्य गाउँपालिका र नगरपालिका अन्र्तगत फलेबास नगरपालिकामा महिला ४ सय ६० र पुरुष ४ सय ३ गरी ८ सय ८३ मतदाता नयाँ रहेका छन् । उता जलजला गाउँपालिकामा ८ सय ७६ जना नयाँ मतदाता रहेका छन् जसमा महिला ३ सय ९७ र पुरुष ४ सय ७९ पैयु गाउँपालिकामा ७ सय ५६ मतदाता नयाँ छन् महिला ३ सय ३० र पुरुष ४ सय २६ रहेका छन् भने बिहादी गाउँपालिकामा महिला २ सय ७४ महिला र पुरुष २ सय ९० गरी ५ सय ३७ मतदाता नयाँ थप भएको जिल्ला निर्बाचन कार्यलय पर्बतले जानकारी दिएको छ ।

निर्वाचन आयोगले देशैभरी मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेकाहरुको लागि साउन १६ गतेदेखि ३२ गतेसम्म स्थानीय तहमा नै टोली खटाउने निर्णय गरेको थियो । यसअघि दुई हप्ता सम्म जिल्ला निर्बाचन कार्यलयबाट नै छुटेका मतदाताहरुको फोटो सहित विवरण संकलन गरेर मतदाता नामवली संकलन गरेपनि कार्यलयले २ हप्ता पछि कुश्मा नगरपालिका बाहेक ६ स्थानिय तहमा टोली परिचालन गरी नामवली संकलन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै